जुलाई महिनामा अन्य महिना भन्दा कम ग्रहको राशिपरिवर्तन हुने भएको छ । यस महिना सूर्य र बुध ग्रहले मात्रै राशि परिवर्तन गर्नेछन् । ग्रहचक्रमा हुने यी परिवर्तनले राशिचक्रमा फरक-फरक असर पार्नेछ। जुलाई महिनाभर ग्रहचक्रमा हुने परिवर्तनहरु निम्न छन्।
ग्रहचक्रमा महिनाभर केके परिवर्तन हुन्छन् ?
सूर्य
सूर्यको राशि परिवर्तन हरेक महिना हुने गर्छ। सूर्यको राशि परिवर्तनकै आधारमा हिन्दु महिना(वैशाख-चैत) निर्धारण हुने गर्छ। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेसँगै नयाँ महिना लागेको मान्ने चलन छ। सूर्यको राशि परिवर्तन जुलाई महिनाको १७ तारिखमा परेको छ। त्यस दिनबाट मिथुन राशिबाट कर्कट राशिमा सूर्यको प्रवेश हुनेछ।
चन्द्र
चन्द्र लगभग सवा दुई दिनमा राशि बदल्ने गर्छ। सबै ग्रहहरु भन्दा छिटो राशि परिवर्तन गर्ने हुँदा चन्द्रले राशिचक्रमा पार्ने प्रभाव पनि सवा दुई दिनमा परिवर्तन हुने गर्छ।
मंगल
मंगल ऊर्जाको प्रतिक हो। मंगल जातकका व्यक्तिहरु धेरै नै जाँगरिला हुन्छन्। मंगल जून १८ मा मीन राशि प्रवेश गरेको थियो । जुलाई महिनामा मंगल ग्रहको कुनै पनि राशि परिवर्तन छैन ।
बुध
कुण्डलीमा बुधको उपस्थितले मानिसहरुलाई विद्वान बनाउँछ। जून महिनाभर एकै राशिमा रहेको बुधको जुलाई १२ मा चालपरिवर्तन गर्नेछ । त्यस दिन पश्चात बुधले उल्टोबाट सुल्टो चाल शुरु गर्नेछ।
शुक्र
जीवनमा सुख र समृद्धि शुक्रको शुभ प्रभावबाट मिल्ने गर्छ। जुलाई महिनामा शुक्रको कुनै पनि राशि परिवर्तन छैन । यधपी जुलाई २५ बाट भने शुक्रको सुल्टो चाल शुरु हुनेछ ।
शनि
जुलाईमा शनिको कुनै पनि राशि परीवर्तन छैन । लगभग साढे दुई वर्षपछि जनवरीमा शनिले राशि परिवर्तन गरेक थियो। हाल शनि मकर राशिमा छ।
बृहस्पति
जुलाई महिनामा बृहस्पतिको कुनै पनि राशि परिवर्तन छैन। गत जून ३० का दिन बिहान ३ बजेर २२ मिनेट जाँदा बृहस्पति मकर छाडेर धनु राशिमा फिर्ता भएको थियो ।
राहु-केतुको स्थिति
ज्योतिषशास्त्रमा छायाँ ग्रहको स्थान दिइएको राहु-केतुको जुलाई महिनामा कुनै पनि राशि परिवर्तन छैन। वर्तमान अवस्थामा राहु मिथुन र केतु धनु राशिमा छ।
ग्रहचक्रमा हुने परिवर्तन र ग्रहहरुको स्थितिका अनुसार कुन राशिलाई जुलाई महिला कस्तो रहला ?
शुभ- वृष, मिथुन, कुम्भ र कन्या
अशुभ- मेष, मीन, धनु र तुला
यी आठ राशि बाहेकमा कर्कट, सिंह, वृश्चिक तथा मकर राशिलाई जुलाई महिना मिश्रित रहनेछ।