बार्सिलोना छाड्ने मेस्सीको निर्णय !

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले क्लब छाड्ने निर्णय गरेका छन्। अन्तराष्ट्रिय संचार माध्यमहरुले दावी गरेअनुसार मेस्सीले क्लब छाड्ने निर्णय गरेका हुन्।

पछिल्लो समय बार्सिलोनाको कम्जोर प्रदर्शनको दोष आफूमाथि थोपरिन थालेपछि मेस्सी छाड्ने मनस्थितिमा पुगेको बताइएको छ। बताइएअनुसार, मेस्सी क्लबको कम्जोर प्रदर्शन र क्लब बाहिरको राजनीति देखि आजित छन्।

मेस्सीले क्लबसँग जारी रहेको सम्झौता नविकरणबारे छलफल रोक्न आफ्नो पितालाई आग्रह गरेको स्पेनको प्रतिष्ठित रेडियो स्टेसन कादेनासेरलाई उदृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले दावी गरेका छन्।

सम्झौता नविकरण गर्ने विषयमा पछिल्लो केहि हप्ता देखि अध्यक्ष बार्टोमेउ र मेस्सीका पिताबीच छलफल भइरहेको छ। तर, क्लबको व्यवहारले आजित भएपछि मेस्सीले क्लबसँग जारी रहेको सम्झौता नविकरणबारे छलफल रोक्न आफ्ना पितालाई छलफल रोक्न भनेका हुन्।

जारी सिजनमा शिर्ष स्थानमा रहेको बार्सिलोनाले कम्जोर प्रदर्शनका कारण शिर्ष स्थान रियल म्याड्रिडलाई सुम्पिसकेको छ। क्लबको कम्जोर प्रदर्शनको दोष मेस्सीलाई लगाउने कार्य भइरहेको छ। यसरी पूरै क्लबको असक्षमताको दोषारोपण आफू माथि भएपछि मेस्सी हतोत्साहित छन्।

बार्सिलोनासँग मेस्सीको चालु सम्झौता अनुसार उनी सन् २०२१ को जुन महिनासम्म क्लबमा रहनेछन्। सम्झौताको विशेष प्रावधान अनुसार मेस्सीले गत जुन १० अघि क्लब छाड्न चाहेको अवस्थामा क्लब छाड्न पाउने थिए । तर, उनले गत वर्ष क्लब नछाड्ने निर्णय गरका थिए।

प्रकाशित : शुक्रबार, असार १९, २०७७०८:३९

ग्रिजमनलाई युभेन्टस पठाएर युभेन्टसका अन्य दुई खेलाडी ल्याउने बार्सिलोनाको तयारी !