पूर्व माओवादीहरुको सरिता गिरीलाई चिन्ता: ‘अब ओलीले तपाईहरुलाई भारतीय दलाल देखाइदिन्छन्’

काठमाडौँ – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र भारतीय दलालको भूत खोज्ने कार्य भइरहेको बताएकी छन्।

सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरिएको हुँदा अब संसदमा भारतीय दलालको भूत खोज्ने भन्दा पनि अब पार्टी भित्रै खोजि हुने ट्वीटर मार्फत बताएकी हुन्।

केहि दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न भारत सक्रिय रहेको बताएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति प्रचण्ड सहित अन्य नेताहरु लक्षित रहेको अनुमान गरिएका बेला गिरीले अब ओलीले पार्टीकै नेताहरुलाई भारतीय दलाल देख्न थालेको संकेत गरेकी हुन्। कसैको आवाज दबाउन परे ओलीले भारतीय दलालको बिल्ला भिराइदिने उनको बुझाई छ।

“अब संसद छैन, सडकमा भारतीय दलालको भूत खोज्ने कार्य शुरु भए। पहिला भारतीय दलाल विपक्षि दलमा हुन्थे, अब सत्तारुढ दलमै भारतीय दलालका भूत भेटिन थालेछन्। कसैको आवाज दबाउन पञ्चायतकालिन सूत्र लागू गर्न थालिएछ।”,ट्वीटरमा उनले लेखेकी छन्।

महेन्द्रवादी राष्ट्रवाद अपनाउनेहरुले छुट्टै धार बनाए राम्रो हुने उनको तर्क छ। पूर्व माओवादीहरु समयमै आफ्नो काँधमा राखेर कसैले ब-न्दुक चलाइरहेको कुरा बारे सतर्क हुनुपर्ने उनी बताउँछिन्।

ट्वीटरमा गिरी लेख्छिन्,”जो महेन्द्रवादी राष्ट्रवादलाई आफ्नो आदर्श मान्छन्, उनीहरुले छुट्टै धार बनाउँदा राम्रो होला। पूर्व माओवादीहरु समयमै बुझुन् की, आज उनीहरुको काँधमा राखेर ब-न्दुक चलाइएको छ र त्यो भोलि उनीहरु तर्फ नै फर्किने छ। देशमा ३० वर्षीय पञ्चायतकालको नयाँ रुप पुनरावृत्ति गराउने प्रयास हुँदैछ।”

प्रकाशित : शुक्रबार, असार १९, २०७७१०:४९

कोरोनाका कारण नयाँ बानेश्वर बस्दै आएका एक जनाको मृत्यु !