नेपाल नाइ संघले बढायो रेट ! कपाल- दार्ही काटेको कति ? [मूल्यसूची सहित]

काठमाडौँ – नेपाल नाइ संघले कपाल काट्ने, दार्ही काट्ने लगायतका सेवाको मूल्य बढाएको छ। लकडाउनका कारण व्यवसाय जोखिममा परेको र सेवा दिन प्रयोग हुने सामाग्रीको समेत मूल्य वृद्धि भएको भन्दै नेपाल नाइ संघले सेवा शुल्कमा वृद्धि गरेको हो।

नेपाल नाइ संघको जिल्ला समिति काठमाडौँकाले उपत्यकामा लागू हुने गरी नयाँ रेट-दर कायम गरेको हो। उक्त रेट-दर असार १७ गते देखि नै लागू भइसकेको जिल्ला अध्‍यक्ष राजेश ठाकुरले बताएका छन्।

तोकिएको नयाँ रेट अनुसार अब कपाल काटेको १५० र दारी काटेको एकसय देखि २ सय रुपैयाँ लिन थालिएको छ। अब कपाल डिजाइनिङ कटिङ गरेको (नेटबाट)३५० देखि ५ सय, दाढी डिजाइनिङ गरेको २५० देखि ३ सय, टाउको मसाज गरेको २५० र सैम्पू गरेको १५० लिन थालिएको नेपाल नाइ संघले जनाएको छ।

यस्तै नयाँ रेट अनुसार अब फेस ब्लिच गरेको ७ सय देखि हजार, फेसियल गरेको हजारदेखि १२ सय, फेसवास गरेको ३५० देखि ५ सय ५०, कपाल कालो गरेको ३५० देखि ५५० सय तथा हेयर डेढ लक गरेको १२ देखि २५ हजारसम्म पर्नेछ।

प्रकाशित : शनिबार, असार २०, २०७७१५:१९

प्रधानमन्त्री ओली मन्त्रीहरुसँग निरन्तर परामर्शमा