एक मानिसको जीवनमा सुख र दुख भएका एक सिक्काको दुई पाटो जस्तै हुन् | हाम्रो जीवनमा थुप्रै उताड-चाडव आउछन् जोसँग हामी डटेर सामना गर्न जरूरी छ | हाम्रो जीवनमा थुप्रै कुराहरु हुन्छन् जो अरु मानिससँग व्यक्त गर्नु ठिक हुँदैन |
गुरुमन्त्र

यदि तपाईले गुरुबाट मन्त्र जप गर्नु भएको छ भने यसमन्त्रलाई सधैं गोप्य राख्नु पर्छ। किनभने गुरु मन्त्र कुनै पनि मानिसबाट गोप्य राख्यो भने मात्र सिद्द हुन्छ |
दान

धर्मशास्त्रमा गोप्य दानको विशेष महत्त्व बताइएको छ। यो पनि विश्वास गरिन्छ कि गुप्त दान गर्नेहरूले अक्षय पुण्यका साथ देवीदेवताहरूको आशिष प्राप्त गर्छन् । अरूलाई देखाएर गरेको दान कहिल्यै लाभदायक हुँदैन।
पति-पत्नी बीचको कुरा

कुनै पनि पति पत्नीको झगडा तेस्रो व्यक्तिसँग साझेदारी गर्नु हुँदैन। किनभने उसले कुनै पनि समयमा तपाईंको आपसी झगडाको फाइदा लिन सक्छ।
उमेर

यहाँ धेरै व्यक्तिहरू छन् जसले आफुलाई युवा देखाउने क्रममा आफ्नो उमेर अरूबाट लुकाउँछन्। तर आफ्नो उमेर अरुबाट भन्दा आफैसँग लुकाउन सक्यो भने लाभदायक हुने मानिन्छ । आफ्नो उमेर आफैंमा हावी हुन नदिँदा ऊर्जा र उत्साह कम हुँदैन।
दबाई


यो विश्वास गरिन्छ कि यदि तपाईं आफ्नो औषधि अन्य व्यक्तिहरूबाट लुकाउनुहुन्छ भने, उक्त औषधिले छिटो असर गर्छ | यो मानिन्छ कि औषधी जहिले पनि प्रकाश र तापबाट टाढा राख्नु पर्छ। किनभने यसो गर्दा औषधि प्रभावी रहन्छ।

