एजेन्सी – संयुक्त राष्ट्र संघको एक संस्थाले जंगली जनवार मा-र्ने कार्य रोक्न चेतवानी दिएको छ। कोरोना भाइरस संक्रमण जस्ता धेरै घा-तक महामारी जंगली जनावरबाट मानिसमा सर्न सक्ने भन्दै जंगली जनावर माथिको उत्पी-डन रोक्न भनेको हो।
संयुक्त राष्ट्र संघको पर्यावरणसँग जोडिएको युएन इन्भाइरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्यूटका अनुसार जंगली जनावर माथिको उत्पी-डन नरोक्ने हो भने जनावरबाट सर्ने घा-तक रोगहरु फैलिन सक्छ। त्यस्ता संक्रमणहरुले मानव सभ्यता नै अन्त्य गर्न सक्ने इन्सटिच्यूटको चेतवानी छ।
जनावरबाट सर्ने रोगका कारण विश्वभर वार्षिक २० लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको युएन इन्भाइरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्यूटको दावी छ।
कोरोना भाइरसजस्ता खतरनाक संक्रमणका लागि पर्यावरणमा भएको लगातारको क्षति, प्राकृतिक संसाधनको चरम दोहन, जलवायु परिवर्तन र जंगली जनावरलाई दिइएको उत्पी-डनको मूल्य भूमिका रहेको बताइएको छ। करिब सय वर्षमा ६ भन्दा बढी कोरोना भाइरस संक्रमणको प्रकोप देखा परिसकेको संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका उप-महासचिव र कार्यकारी निर्देशक इङ्गर एन्डरसन बताउँछिन्।
“विज्ञान स्पष्ट छ कि, हामीले वन्यजन्तुहरूको शोषण गरिरह्यौं र हाम्रो पर्यावरण प्रणालीलाई नष्ट गरिरह्यौं भने आउने वर्षहरुमा जनावरबाट थप घा-तक रोगहरु सर्नेछन्।”,उनी भन्छिन्,”कोभिड-१९ भन्दा अगाडीको २० वर्षको मात्र कुरा गर्ने हो भनेपनि जनावरबाट मानिसमा सरेको रोगका कारण करिब १ खर्ब अमेरिकी डलर भन्दा बढीको क्षति विश्वले भोगिसकेको छ। कोरोना दुई वर्ष रहने हो भने क्षति ९० खर्ब डलर सम्मको क्षति हुन्छ”