जब कुखुराले अण्डाको सट्टा सिधै चल्ला जन्मायो …

यो संसारमा पहिला अण्डा आयो या कुखुरा ? यो प्रश्न धेरै लामो समयदेखि चल्दै आएको छ | यदि कसैले अण्डा पहिला आयो  भन्यो भने बिना कुखुरा कसरी अण्डा आयो भन्ने प्रश्न उठ्छ | त्यस्तै कुखुरा पहिला आयो भन्यो भने बिना अण्डा कसरी कुखुरा आयो भन्ने प्रश्न | यस्तोमा, भारतमा एक अचम्म लाग्दो घटना घटेको छ | वास्तवमा भारतको ओडिशामा एक कुखुराले सिधै चल्लालाई जन्म दियो | यो देखेर सबै मानिस दंग छन् कि यो कसरी सम्भव छ |

ओडिशाको नुपाडा जिल्लाको इच्छापूर गाउँमा बस्ने अम्बिका मांझीको घरमा कुखुराले अण्डाको सट्टामा चल्ला जन्मायो। यद्यपि चल्ला १० मिनेट भन्दा जिउँदो रहन सकेन | अम्बिका मांझीको कुखुराले ९ वटा अण्डाहरू दिएको थियो। यसै बिच, एक दिन अचानक  कुखुराले अण्डाको सट्टा सिधै चल्लालाई  जन्म दियो,जुन घटना देखेर सबै चकित परे।

मानिसहरूले पहिला त यो घटना विश्वास गर्न सकेनन्। त्यसपछि, मानिसहरूले त्यहाँ टुक्रिएको अण्डा छ कि भनेर  वरिपरि हेरे, तर केहि नभेटिएपछि सबै जना छक्क परे। यद्यपि चल्ला १० मिनेटसम्म मात्र जीवित रह्यो ।

नुपाडा जिल्लाका प्रमुख पशु चिकित्सा अधिकारी डा. त्रिलोचन ढलले अण्डाको सट्टामा सिधा चल्ला जन्मेको घटना आफ्नो जीवनमा पहिलो पटक भएको बतए। डा. त्रिलोचन ढलले भने कि  कुखुराको प्रजनन प्रणालीमा विकसित भएको हुन सक्छ, जसले गर्दा अण्डा विकसित भएर सिधै चल्ला जन्मियो।

यस्तै एक घटना २०१८ मा भारतकै केरलामा पनि भएको थियो भने २०१२ मा श्रीलंकामा पनि यस्तै घटना घटेको थियो |

प्रकाशित : मङ्गलबार, असार २३, २०७७१४:५९

एक पछि अर्को गर्दै पृथ्वीको नजिक आउँदैछन् यी ३ ग्रह !