एक पछि अर्को गर्दै पृथ्वीको नजिक आउँदैछन् यी ३ ग्रह !

यो संसार एकतर्फ कोरोना संकटसँग संघर्ष गरिरहेको छ | अर्कोतर्फ अन्तरिक्षका धेरै खगोल सम्बन्धी घटनाहरूले पनि निकै त्रास  पनि सिर्जना गरिरहेको छ। यद्यपि यसले वैज्ञानिकहरूलाई रोचक अनुसन्धान गर्ने मौका दिएको छ | ५  जुन देखि ५ जुलाईको बीच तीन ग्रहण ( एक सूर्य ग्रहण र दुई चन्द्र ग्रहण ) को साक्षी त पूरा संसार नै छ | यस बाहेक पनि यो महिना अरु थुप्रै आकाशिय घटना देखिनेछ | वास्तवमा अबको केहि दिनमा केहि ग्रह पृथ्वीको निकै नजिकै हुनेछन् | यिनीहरुलाई हामी नाङ्गो आँखाले पनि देख्न सकिनेछ |

पृथ्वीको निकट हुनेछन् यी ग्रह 

आठ जुलाईको दिन शुक्र ग्रह पृथ्वीको एकदम नजिक हुनेछ, यस समयमा आकाशमा बल्बजस्तो प्रकाश देखापर्नेछ जुन तपाईं सजिलै पृथ्वीबाट देख्न सक्नुहुनेछ | त्यस्तै, जुलाई १२ मा चन्द्रमा र मंगल ग्रह एक अर्काको एकदम नजिक हुनेछन्।

पृथ्वी, सूर्य र बृहस्पति सँगै देखा पर्नेछ

त्यस्तै, २६ जुलाईमा बुध ग्रह आकाशमा क्षितिजको १७ डिग्री माथि हुनेछ, जुन सजिलै देख्न सकिन्छ, जबकि जुलाई १४ मा पृथ्वी, सूर्य र शौर्य परिवारको सबैभन्दा ठूलो ग्रह अर्थात बृहस्पति एक सीधा रेखामा देखिने छ, जुन एक सुन्दर दृश्य हुनेछ |

२१ जुलाईमा शनि ग्रह हुनेछ पृथ्वीको नजिक 

जुलाई  १६ को दिन प्लूटो पनि क्रियाशील हुनेछ, जबकि जुलाई २१ मा शनि ग्रह पृथ्वीको नजीक हुनेछ|  यस्तो संयोग एकदम दुर्लभ हुनेछ ।

केहि खास कुरा 

  • शुक्र ग्रहको नामकरण प्रेम र सौन्दर्यकि रोमन देवीको नामना भएको हो |
  • मंगल ग्रह शौर्यमण्डलमा सूर्यबाट चौथो ग्रह हो, यसको सतह रातो छ त्यसैले यसलाई रातो ग्रह पनि भनेर चिनिन्छ।
  • बुध ग्रह सौर शौर्यमण्डलमा आठ ग्रहहरूमध्ये सबैभन्दा सानो र सूर्यको नजिकको ग्रह हो।
  • बृहस्पति सूर्यबाट पाँचौं ग्रह हो र हाम्रो शौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो।

प्रकाशित : बिहिबार, असार २५, २०७७११:२२

हावा सुद्ध राख्न घरमा लगाउनुहोस् यी पाँच विरुवा !