४२ असफल प्रयास पछि रोनाल्डोको त्यो उत्कृष्ट फ्रिकिक गोल… [भिडियो सहित[

एजेन्सी – इटालियन सिरी ‘ए’को साविक विजेता युभेन्टसले शनिबारको खेलमा टोरिनोमाथि ४-१ को सहज जित दर्ता गरेको छ । पाउलो डिबाला, जुआन क्वाडराडो र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गर्दा युभेन्टस विजयी बन्यो।

शनिबारको खेलमा रोनाल्डोले फ्रिकिक गोल गरेका छन्। इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएयता रोनाल्डोले शनिबार क्लबका लागि पहिलो पटक फ्रिकिकमा सिधै गोल गरेका हुन् ।

उत्कृष्ट फ्रिकिकका लागि चिनिने रोनाल्डोले युभेन्टस पुगेयता फ्रिकिकमा सिधै गोल गर्न सकेका थिएनन्। तर, शनिबार फ्रिकिक गोलमा देखिएको खडेरी रोनाल्डोले दुई वर्ष पछि तोडी छाडे।

ड्यानिलोको पेनाल्टी क्षेत्रबाहिरको प्रहार ओला ऐनाको हातमा लागेपछि रेफ्रीले दिएको फ्रिकिकलाई रोनाल्डोले उत्कृष्ट सदुपयोग गरे। रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट रोनाल्डोले फ्रिकिकलाई वालको माथिबाट टप कर्नरमा छिराउँदै युभेन्टसका लागि पहिलो फ्रिकिक गोल गरे।

युभेन्टस पुगेपछि रोनाल्डोले यस अगाडी ४२ फ्रिकिकको मौका पाएका थिए। जसमा उनको कुनै पनि प्रयास सफल हुने सकेको थिएन। तर, शनिबार ४३ औं पटक फ्रिकिकमा प्रहार गर्दा भने गोल गर्दै रोनाल्डोले जारी सिजनमा व्यक्तिगत गोल संख्या २५ पुर्याए। फ्रिकिकमा गोल गर्न सफल भएपछि रोनाल्डोले ठूलो राहत मिलेको बताएका छन्। यसले आफूमा आत्मविश्वास बढाउने रोनाल्डोको भनाई छ।

“मलाई वास्तवमै त्यो फ्री-किक गोल चाहिएको थियो। उक्त गोलले मेरो आत्मविश्वास थप बढाउनेछ।”,खेलपश्चात स्काई स्पोर्ट इटालियासँग कुराकानी गर्दै उनले भने,”हामीलाई थाहा थियो की यो खेल कठीन हुनेछ। तर, हामीले कडा मेहनत कारण यो नतिजा आयो।”

प्रकाशित : आइतबार, असार २१, २०७७०६:५७

एस्टन भिल्लामाथि लिभरपुलको सहज जित !