संक्रमितको संख्या १५ लाख नाघ्यो, तैपनि ब्राजिलका राष्ट्रपति भन्छन् – ‘मास्क अनिवार्य किन गर्नुपर्यो?’

ब्रासिलिया – ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनु पर्ने निमयको कार्यान्वयनमा कडाई नगरिने भएको छ । राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् ।

यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएको अल जजिराले जनाएको छ ।

चर्च, पसललगायतका ठाउँमा जाँदा वा रहदाँ मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ, “व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जादा वा रहदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था हटाइएको छ ।”

उनले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था संविधान विपरित भएको समेत उल्लेख गरेका छन् ।

राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यस अघि हरेक सार्वजनिक क्षेत्रमा सम्वन्धित अधिकारीहरुले मास्क उपलब्ध गराउनु पर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरुको सम्वन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनु पर्ने व्यवस्था स्वतः हटेको छ ।

ब्राजिलमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या १५ लाखभन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३८ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् ।

त्यसैगरी ब्राजिलमा एकै दिनमा झण्डै एक हजार जनाको कोरोनाभाइरसका कारण मृत्यु हुने गरेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार ९२३ रहेको र मृत्यु भएकाहरुको सङ्ख्या एक हजार ९१ रहेको जनाइएको छ ।

प्रकाशित : आइतबार, असार २१, २०७७०९:४५

ट्रम्पको दाबि – ‘कोरोनाभाइरसले ९९ प्रतिशत असर गर्दैन’