भारतले रसियालाई पनि उछिन्यो: संक्रमित संख्या ह्वातै बढ्दा अति प्रभावित तेस्रो मुलुक बन्यो !

काठमाडौँ – कोरोना भाइरस संक्रमणमा भारतले रसियालाई उछिनेको छ। जससँगै भारत कोरोना भाइरसबाट अति प्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ।

अहिले सम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब ७ लाख पुगिसकेको छ। यो समाचार तयार पर्दा सम्म त्यहाँ संक्रमित सख्या ६ लाख ९७ हजार ८ सय ३६ पुगिसकेको छ। जस मध्ये २३ हजार ९ सय ३२ जना बितेको २४ घण्टामा भेटिएका हुन्।

भारतमा बितेको २४ घण्टामा ४ सय २१ जनाको ज्यान गएको छ। जससँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ हजार ७०० पुगको छ।

कुल संक्रमित मध्ये भारतमा ४ लाख २४ हजार ८ सय ९१ कोरोना संक्रमित निको भएका छन् भने सक्रिय संक्रमितको संख्या २ लाख ५३ हजार २ सय ४५ छ।

सक्रिय संक्रमित मध्ये करिब ९ हजार संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइन्छ।

प्रकाशित : सोमबार, असार २२, २०७७०२:१६

काठमाडौँका यी क्षेत्रमा आज दिनभर बत्ती जाने ! कहाँ-कहाँ ? हेर्नुहोस् ! !