काठमाडौँका यी क्षेत्रमा आज दिनभर बत्ती जाने ! कहाँ-कहाँ ? हेर्नुहोस् ! !

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले सोमबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका अनुसार कन्डक्टर इन्सुलेटेड कन्डक्टर परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् काटिन लागेको हो ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे टेकु – थानकाेट तथा टेकु – तहाचल फिडरकाे टेकु सबस्टेशनबाट विद्युत वितरण हुनुए क्षेत्रहरुमा विद्युत काटिने प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी गराएको छ।

प्राधिकरणका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् काटिनेछ । प्राधिकरणका अनुसार कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुका विद्युत् काटिनेछ ।

प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समयभन्दा अगावै लाइन सञ्चालनमा आउने जनाएको छ ।

प्रकाशित : सोमबार, असार २२, २०७७०३:४४

रहेनन् कुलमान घिसिङका पिता !