देउवा फेरी प्रधानमन्त्री बन्ने हल्ला: ‘सत्ता साझेदारी हल्ला मात्रै’

काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको किचलो र सत्ता संकट बढेसँगै सो विषयले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत तताएको छ । कांग्रेसले आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र नागरिकतासम्बन्धी विधेयकको विषयलाई छलफलको एजेन्डा बनाएको भए पनि सत्तारूढ दलभित्रको किचलोमा नै बैठक केन्द्रित भएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

बैठकमा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्ता र सम्भावित सत्ता साझेदारीको विषयले बढी चर्चा पाएको छ । बैठकमा बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्रीसँगको भेटको कारण र सत्ता साझेदारीको विषय के हो भनी सभापति देउवालाई प्रश्न गरेका थिए ।

देउवालाई पौडेलको प्रश्न : प्रधानमन्त्रीसँगको भेट, भेटको कारण र सत्ता साझेदारीको विषय के हो ?
देउवाको जवाफ : प्रधानमन्त्री र सुवासचन्द्र नेम्वाङसँग संवैधानिक अंगका रिक्त पद, एमसिसी र नागरिकता विधेयकबारे छलफल भएको हो, सत्ता साझेदारीमा होइन ।

बैठकमा सहभागी नेता नवीन्द्रराज जोशीले वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीसँग सभापतिको भेट र नेता सुवास नेम्वाङलाई पठाएर गरिएको भेटबारे जिज्ञासा राखेको र संविधान, प्रजातन्त्र, लोकतान्त्रिक व्यवस्था र मुलुकमा आएको परिवर्तनमाथि घात हुने कुनै पनि कदम नचाल्न सभापतिलाई सचेत गराएको जानकारी दिए ।

‘बैठकमा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीसँग सभापतिको भेट र दूत पठाएर गरिएको भेटबारे जिज्ञासा राख्नुभयो । संविधान, प्रजातन्त्र, लोकतान्त्रिक व्यवस्था र मुलुकमा आएको परिवर्तनमाथि घात हुने कुनै पनि कदम नचाल्न सभापतिलाई वरिष्ठ नेताले सचेत गराउनुभएको छ,’ नेता जोशीले राजधानीसँग भने ।

नेता पौडेलको प्रश्नमा सभापति देउवाले भने प्रधानमन्त्री ओली र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग संवैधानिक अंगका रिक्त पद, एमसिसी, नागरिकता विधेयकबारे छलफल भएको जवाफ दिएका छन । उनले भेटमा सत्ता साझेदारीबारे कुराकानी नभएको समेत जवाफ दिएका छन् ।

प्रकाशित : सोमबार, असार २२, २०७७०२:२७

कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल: कक्षा १ का ७ लाख विद्यार्थी पुस्तकविहीन !