काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग देखादेख नभएकै महिनौं भैसकेको बताएका छन्।
ओलीसँग जनता समाजवादीले सत्ता साझेदारी गर्न लागेको भन्दै सामाजिक संजालमा चर्चा भएपछि भट्टराईले ओलीसँग देखादेख नभएकै महिनौं भैसकेको बताएका हुन्।
नवीन तिवारी नामका एक प्रयोगकर्ताले सर्वसत्तावादी र पश्चगामी सोचको खड्गप्रसाद ओलीले गरेको पार्टी एकता वा सत्ता सहकार्यको प्रस्तावलाई स्वीकारेको खण्डमा भट्टराई पनि सर्वसत्तावाद अनुमोदन गर्ने व्यक्ति ठहर हुने बताएको प्रति भट्टराईले स्पष्टोक्ति दिँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
“भूपी शेरचनले त्यसै भनेका होइन रहेछन् यो हल्लै हल्लाको देश हो! सचेत युवाहरू समेत कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि लागेको देख्दा गम्भीर चिन्ता लाग्यो!”,भट्टराईले ट्वीटरमा लेखेका छन्।
ओलीले नमस्कार गर्दा समेत नमस्कार फर्काउन छाडेको भट्टराईको भनाई छ। जस कारण ओलीसँग देखादेख नभएको पनि महिनौं बितिसकेको भट्टराई बताउँछन्।
भट्टराई ट्वीटरमा लेख्छन्,”प्रम ओलीलाई नमस्कार गर्दा उनले नमस्कार फर्काउन पनि छोडेपछि उनीसंग देखादेख नभएको त महिनौं भैसक्यो अनि के कुरा हुनु?”
भूपी शेरचनले त्यसै भनेका होइन रहेछन् यो हल्लै हल्लाको देश हो! सचेत युवाहरू समेत कागले कान लग्यो भन्दैमा आफ्नो कान नछामी कागको पछि लागेको देख्दा गम्भीर चिन्ता लाग्यो! प्रम ओलीलाई नमस्कार गर्दा उनले नमस्कार फर्काउन पनि छोडेपछि उनीसंग देखादेख नभएको त महिनौं भैसक्यो अनि के कुरा हुनु? https://t.co/6WIiPCPe9I
— Baburam Bhattarai (@brb1954) July 6, 2020

![]()
![]()