हिन्दू आमा र मुस्लिम पिताका छोरा हुन् बलिउडका यी ५ स्टार, लिस्टमा छन् ठूला-ठूला नाम !

एजेन्सी – प्रेमको न जात हुन्छ, न धर्म नै । जात-धर्म भन्दा माथि रहेर अगाडी बढेका सम्बन्धहरुलाई सबैले सम्मान पनि गर्छन्। बलिउडमा पनि जात र धर्म भन्दा माथि रहेर विवाह-प्रेम गरेका केहि हस्तीहरु छन्।

यस्तै सम्बन्धहरुबाट जन्मिएका केहि बलिउड कलाकारहरु बारे आज यहाँ चर्चा हुँदैछ। हिन्दू आमा र मुस्लिम पिताबाट जन्मिएका हुन् यी बलिउड स्टारहरु।

सलमान खान

बलिउडका सबै भन्दा चर्चित नायक सलमान खान सलीम खानका छोरा हुन्। सलीम मुस्लिम हुन् भने उनले सन् १९६४ मा हिन्दू महिला सुशीला सिंह चारकसँग विवाह गरेका थिए। सलमान यी दुईका छोरा हुन्।

सैफ अली खान

नाम मंसूर अली खान पटौदी सैफ अली खानका छोरा हुन्। मुस्लिम राजपरिवारबाट रहेका पटौदीले बलिउडकी चर्चित नायिका अभिनेत्री शर्मीला ट्यागोरसँग विवाह गरेका थिए। शर्मीला हिन्दू परिवारबाट हुन् भने यी दुईबाट सैफ जन्मिएका थिए।

फरहान अख्तर

फरहान बलिउडका चर्चित लेखक जावेद अख्तरका छोरा रहेका छन्। जावेदले सन् १९७२ मा अभिनेत्री हनी ईरानीसँग विवाह गरेका थिए। मुस्लिम परिवारबाट रहेका जावेद र हिन्दू परिवारबाट रहेकी ईरानीबाट फरहान जन्मिएका थिए। स्मरण रहोस्, जावेद अख्तर र हनी ईरानी बीच ८० को दशकमा नै डिभोर्स भएको थियो।

फरदीन खान

फरदीन खानका पिता फिरोज खान हुन्। आफ्नो करियरको सुरुवातमा फिरोजले आफ्नी सलाहकार र हिन्दू अभिनेत्री सुंदरीसँग विवाह गरेका थिए। यिनै दुईबाट फरदीन जन्मिएका थिए। तर १९८५ मा यी दुई बीच सम्बन्ध विच्छेद भएको थियो।

दिलीप कुमार

दिलिप कुमार बलिउडका सुपरस्टार हुन्। उनका पिता लाला घुलाम सरवार मुस्लिम परिवारबाट थिए। उनले आयशा नामकी एक हिन्दू युवतीसँग विवाह गरेका थिए। आयशा दिलीपका आमा हुन्। विवाह पछि आयशाको नाम आयशा बेगम राखिएको थियो।

प्रकाशित : सोमबार, असार २२, २०७७१४:२८

आमिर र कंगना सहित यी कलाकारले करणकै कार्यक्रममा उडाएका थिए ‘खिल्ली’ !