आमिर र कंगना सहित यी कलाकारले करणकै कार्यक्रममा उडाएका थिए ‘खिल्ली’ !

नेपोटिजम अथवा भाई-भतिजावाद बलिउडमा कुनै नयाँ  कुरा होइन | धेरै मानिसले र बलिउडकै धेरै कलाकारले पनि यसको विरोध गर्दै आएका छन् | कलाकार सुशान्त सिंह राजपूतको निधनपछि त यो विषय झन् गम्भीर भएको छ | धेरै मानिसहरू अहिले करण जोहर, एकता कपूर, सलमान खान र अरू धेरै कलाकारहरुको विरोध गरिरहेका छन् | सुशान्तको निधनको कारण यिनीहरु बताईएको छ |

खासगरी बलिउड निर्देशक तथा निर्माता करण जोहरको टिभी कार्यक्रम ‘कफी विथ करण ‘ का केहि भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेका छन् | उक्त भिडियोमा देख्न सकिन्छ कि करण अरु कलाकारका साथ् आउटसाइडर अथवा फिल्मी परिवार भन्दा बाहिरबाट बलिउडमा आएका कलाकारको मजाक उडाउछन् | तर केहि यस्ता कलाकार पनि छन् जसले करणकै कार्यक्रममा उनकै बेइज्जत गरेका छन् |

कंगना रनौत 

करण जोहर र कंगना रनौतबीचको पन्गाको बारेमा त सायद सबैलाई नै थाहा होला | कंगना करणको कार्यक्रम  ‘कफी विथ करण ‘ मा आएकि थिईन् र उनले करणलाई बलिउड जगतको मूभी माफिया भनेकि थिईन् | यस्तै उनले करणलाई सरेआम बलिवुडमा भाई-भतिजाबादको झण्डा लहराउने मानिस भनेर करणको धज्जी उडाएकि थिईन् |

कोन्कणा सेन शर्मा

जब  करणले आफ्नो कार्यक्रममा आएकि अतिथि कोन्कणालाई तपाईंका अनुसार बलिउडमा सबैभन्दा ओभररेटेड कलाकार को हुन् भनेर प्रश्न गरे |  कोन्कणाले बेझिजक उत्तर दिईन् कि दिलवाले दुल्हनिया ले जाएंगेको करण जोहर | वास्तवमा करणले उक्त चलचित्रमा छोटो भूमिका निभाएका थिए |

काजल 

करणले आफ्नो शो को एक एपिसोडमा काजललाई सोधेका थिए कि “यस्ता को कलाकार छन् जसलाई अभिनय सिक्न जरूरी छ ?”  कजलले तुरुन्तै उत्तर दिदै भनिन् करण जोहर |

आमिर खान 

बलिउडका मिस्टर पर्फेक्सनिस्टले पनि करणकै कार्यक्रममा उनको बेइज्जत गरेका थिए | जब आमिरलाई करणले सोधे कि “त्यो कुन बलिउडको एक चिज हो जुन तपाईंलाई मन पर्दैन तर बाहिर मन परेको जस्तो देखावा गर्न परेको छ ?” आमिरको उत्तर थियो यो कार्यक्रम अर्थात करणको शो |

ट्विङ्कल खन्ना

करणको कार्यक्रममा करणले  ट्विङ्कललाई सोधे कि कसैले उनलाई कसैले उनको लेखनको बारेमा केहि अलग भनेका छन् | यस्तोमा ट्विङ्कलले उत्तर दिँदै भनिन् कि के तपाईंले लेखन सुरु गर्दा भनेका थिए कि करण जोहर नयाँ मिसेस फनिबोस हुन् | म चाहन्न कि मेरो स्तर यत्ति पनि तल पुगोस् | वास्तवमा ट्विङ्कल खन्नाको ट्विटर अकाउन्ट मिसेस फनिबोसको नाममा छ |

प्रकाशित : मङ्गलबार, असार २३, २०७७१४:३८

साम्राज्ञीपछि अर्की महिलाले पनि लगाइन् भुवन केसीमाथि यस्तो आरोप ! [भिडियो सहित]