आज पूर्व राजा शाहको जन्मदिन, कोरोनाका कारण उत्सवकारुपमा नमनाउने !

काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन परेको छ। आजबाट उनी ७४ औँ वर्षमा प्रवेश गरेका छन् । २००४ साल आजकै दिन जन्मिएका ज्ञानेन्द्र शाहको जन्म भएको थियो।

पूर्व राजा शाहले यस पटक आफ्नो जन्मदिन नमनाउने घोषणा यस अगाडी नै गरिसकेका छन्। कोरोना भाइरस महामारीको विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय शाहले गरेका थिए।

केहि हप्ता अगाडी उनले एक सन्देश जारी गर्दै विषम स्थितिलाई दृष्टिगत गरेर आफ्नो जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेको जानकारी गराएका थिए। बितेका वर्षहरुले शाह जन्मदिन भव्यताका साथ मनाउने गर्थे। लोकतन्त्र स्थापित हुनु अगाडी राजाको जन्मदिनमा सार्वजनिक बिदा समेत दिइन्थ्यो।

२०६२–६३ को जनआन्दोलन पश्चात ज्ञानेन्द्रले सत्ता जनतालाई हस्तान्तरण गरेका थिए। २०६५ साल जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले मुलुकलमा रहेको राजतन्त्रको अन्त्य गर्दै विधिवत् रुपमा गणतन्त्र घोषणा गरेको थियो।

शाहले गणतन्त्रको स्थापना भएपनि जनताले चाहेजस्तो विकास पाउन नसकेको भन्दै दुख व्यक्त गर्ने गरेका छन्। जनताको लागि आफूले सत्ता ल्यागेको हुँदा सत्ताले विकास र सम्वृद्धिको समान अनुभूति गर्न पाउनु पर्ने उनको सुझाव रहने गरेको छ।

कमल थापाले दिए शुभकामना

मंगलबार बिहानी राप्रपा अध्यक्ष कमल थापाले एक ट्वीट गर्दै शाहलाई जन्मदिनको शुभकामना दिएका छन्।

“७४ औं शुभजन्मोत्सवको पावन अवसरमा पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेवमा सुख,शान्ति र सुस्वास्थ्यको मंगलमय शुभ-कामना”,थापाले शुभकामना दिँदै लेखेका छन्।

प्रकाशित : मङ्गलबार, असार २३, २०७७०२:४१

ससुरा कु-ट्ने, श्रीमान बुजो हालेर कुट्नु भन्दै भिडियो बनाउने !