ससुरा कु-ट्ने, श्रीमान बुजो हालेर कुट्नु भन्दै भिडियो बनाउने !

काठमाडौँ – सामाजिक संजालमा एक महिला माथि चरम उ-त्पीडन भइरहेको भिडियो देखिएको छ। उक्त भिडियोमा एक महिलालाई एक पुरुषले कु-ट्दै गरेको देखिएको छ। बताइएअनुसार, उक्त भिडियो अछाम मंगलसेनको हो। भिडियोमा महिलालाई कु-ट्ने व्यक्ति महिलाका ससुरा रहेका बताइएको छ।

के छ भिडियोमा ?

एक महिला भुइँमा बसिरहेकी देखिन्छिन्। एक पुरुष गालि गर्दै ती महिला माथि बेल्टले कु-टिरहेका देखिन्छन्। बे-ल्टले हान्दा ती महिला सहन सक्दिनन् र रुन थाल्छिन्। ती पुरुष त्यतिमा मात्र रोकिँदैनन्। गा-ली गर्दै भुत्ल्या-उँदै ती महिलालाई थप या-तना दिन्छन्। यस्तो अत्या-चार भइरहँदा त्यहाँ अर्की एक महिला पिट्ने पुरुषलाई केहि शान्त गराउन खोजि रहेका देखिन्छिन्। यस्तै त्यहाँ अर्का एक व्यक्तिको पनि उपस्थिति छ। जो, भिडियो बनाइरहेका छन्। भिडियो बनाउने ती व्यक्ति मुखमा बुजो हाल्न भनिरहेका छन्।

भिडियो सामाजिक संजालमा

सामाजिक संजालमा देखिएको उक्त भिडियो धेरै व्यक्तिहरुले पोस्ट गरेका हुन्। सामाजिक संजालमा भिडियोसँगै पोस्ट गरिएको जानकारी अनुसार भिडियो अछामको मंगलसेनको हो। पिटा-इखाने महिला बुहारी हुन् भने पि-ट्ने व्यक्ति ससुरा हुन्। यस्तै भिडियो खिच्ने व्यक्ति प्र-ताडित महिलाका श्रीमान हुन्।


https://twitter.com/malikaagrgne/status/1280168869387067392

प्रकाशित : मङ्गलबार, असार २३, २०७७०३:५६

दिपकराज गिरी भन्छन् – ‘जबरजस्ती महानायक बनाइदिनेलाई धन्यवाद !’