दिपकराज गिरी भन्छन् – ‘जबरजस्ती महानायक बनाइदिनेलाई धन्यवाद !’

काठमाडौँ – चर्चित हाँस्यकलाकार तथा अभिनेता दिपकराज गिरीले आफूलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद दिएका छन्।

दीपाश्री निरौलाले एक अन्तर्वार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि सामाजिक संजालमा उत्पन्न भएको महानायक विवाद पश्चात गिरीले आफूलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद दिएका हुन्।

निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि शुरु भएको उनको आलोचना अहिले सम्म पनि कम भएको छैन। सामाजिक संजालमा उनको मात्र आलोचना भएको छैन। दीपकराज गिरीलाई महानायक भन्नुपर्ने भन्दै दीपकराज माथि पनि व्यंग्य गरिएको छ।

यहि विषयलाई लक्षित गर्दै दिपक आफू महानायक बन्ने बाटोमा कहिले पनि नलागेको बताउँछन्। जहिले पनि आफूले हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र सन्तोष पन्त जस्तो बन्न पाए हुन्थ्यो भने सोच राखेको हुँदा आफ्नो लक्ष महानायक बन्ने तर्फ कहिले पनि नरहेको उनको भनाई छ।

“जब देखि कलाकार भएँ ,हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे। मेरो बाटो ,मेरो लक्ष कहिले पनि महानायकको घर तिर मोड़िएन। मेरो गल्ति बिना नै मलाइ जबरजस्ती महानायक बनाउनेहरू लाइ धन्यवाद!”,गिरी फेसबुकमा लेख्छन्।

असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको बेला सत्यले चुपचाप आफ्नो बाटो हिड्नु नै राम्रो हुने उनको भनाई छ। “जब असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो ।”,गिरी लेख्छन्।

प्रकाशित : मङ्गलबार, असार २३, २०७७०६:३७

सरिता गिरी भन्छिन् – ‘ओलीले मसँग माफी माग्नुछ, त्यस समय सम्म उनी नै प्रधानमन्त्री रहिरउन्’