काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले गरेको व्यवहारलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नुपर्ने बताएकी छन्।
सोमबार एक ट्वीट गर्दै उनले नेकपाका सांसदहरुले आफू माथि गरेको गलत व्यवहारको सम्पूर्ण जिम्मेवारी लिएर प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताएकी हुन्।
गिरीले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकपारित गर्न बसेको प्रतिनिधिसभाको बैठकमा आफू माथि गलत व्यवहार भएको बताउँदै आएकी छन्। सोहि विषयको पुनः उठान गर्दै गिरीले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताएकी हुन्।
“जेठ ३१ गतेको दिन जब मसंसद बैठकमा आफ्नो संशोधन प्रस्ताव बारे सभामुखसँग जानकारी माग्न प्रश्न गर्दै थिएँ, तब नेकपाका सांसदले हुटिङ गरेका थिए। यसको जिम्मेवारी नेकपाका संसदीय दलका नेता तथा प्रधानमन्त्रीले लिनुपर्छ। र, म माथि भएको गलत व्यवहार भएको स्वीकार गर्दै प्रधानमन्त्रीले माफी माग्नुपर्छ।”,ट्वीटरमा उनी लेख्छिन्,”म यसमा अझै अडिक छु । साथै म यो चाहन्छु की तब सम्म ओली नै प्रधानमन्त्री रहिरउन्”
ज्येष्ठ ३१ गते के दिन जब मैं संसद की बैठक में अपने संशोधन प्रस्ताव के बारे मे सभामुख जी से जानकारी मांगने के लिए प्रश्न कर रही थी तब नेकपा के सांसदों ने हुटिंग की थी । मैं संसद में नेकपा के संसदीय दल के नेता तथा प्रधानमंत्री के समक्ष मांग करने वाली हूँ …1
— sarita giri (@sarita_giri) July 6, 2020
…कि नेकपा के सांसदों के गलत व्यवहार की पूर्ण जिम्मेवारी स्वीकार करते हुए प्रधानमंत्री जी माफी मांगे । मेरा कार्यक्रम अभी भी निश्चित है और मेरी चाहना है कि तबतक प्रधानमंत्री ओली जी प्रधानमंत्री बने रहें । …2
— sarita giri (@sarita_giri) July 6, 2020
जेठ ३१ गते के भएको थियो?
जेठ ३१ गते नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयक पारित गर्ने कार्यक्रम थियो। तर, कालापानी-लिपुलेक लगायतका क्षेत्र नेपालको हो भनें प्रमाण नदेखिएको भन्दै गिरीले संसदमा छुट्टै संविधान संशोधन विधेयक दर्ता गराएकी थिइन्।
उनले दर्ता गराएको संविधान संशोधन विधेयक कार्यसूचीमै नपरेपछि उनले आपत्ति जनाएकी थिइन्। आफ्नो संविधान संशोधन विधेयक सभामुख बाटै खारेज भएपछि उनले संसदमा आफ्नो धारणा राख्ने कोशिस गरेकी थिइन्। जसक्रममा सत्तारुढ नेकपाका सांसदहरुले आपत्ति जनाएका थिए। आफ्नो भनाई राख्न नपाएपछि उनी संसदबाट बाहिरिएकि थिइन्।