आयुर्वेदमा शरीर स्वास्थ राख्नको लागि खानेकुरा सम्बन्धि थुप्रै नियम बताईएको छ। यी नियमहरु अन्तर्गत केहि चीजहरु बर्षको प्रत्येक महिनाको लागि उल्लेख गरिएको छ, जुन ती महिनामा खान हुँदैन। त्यस्तै श्रावण महिनामा आयुर्वेदमा केही चीज निषेध गरिएको छ।
श्रावण महिनामा वर्षा र हरियाली भरपूर हुन्छ तर यो समयमा बिमारी हुने पनि उच्च सम्भावना रहन्छ। आयुर्वेदमा पनि श्रावण महिलाको लागि खान-पान सम्बन्धि विशेष निर्देशन दिईएको छ।
हरियो सागपात
श्रावण महिनामा हरियो सागपातको सेवन गर्नाले बाथ रोगको समस्या बढ्न सक्छ | यस्तै, यो समयमा सागपातमा किरा र ब्याक्टेरिया पनि अत्यन्त हुन्छन् जसको कारण यो समयमा सागपातको सेवनले पेट दुख्नुका साथै अरु पनि थुप्रै समस्या देखा पर्न सक्छ।
भ्यान्टा
यो समयमा भ्यान्टा सेवन नगरेकै राम्रो हुन्छ। यदि सेवन गरेपनि निकै सावधानीपूर्वक सेवन गर्नु पर्छ किनभने यो मौसममा भ्यान्टामा अत्यन्त किरा लाग्ने गर्छ।
दुध दही
श्रावणमा दुध सेवन नगरेको राम्रो हुन्छ। यसैको लागि शिव जीलाई श्रावणमा दूधको साथ अभिषेक गर्ने परम्परा शुरू भएको विश्वास रहेको छ। वैज्ञानिक हिसाबले यो मौसममा दुध पिउँदा ग्यास र पेट सम्बन्धी समस्या आउन सक्ने सम्भावना बढि हुन्छ। यस मौसममा दहीको पनि सेवन नगर्नु नै राम्रो मानिन्छ किनभने चिसो र घाँटी सम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ।
माछा मासु र लसुन प्याज
श्रावण महिनामा मासु र माछा खानु र प्याज-लसुन खान निषेध गरिएको छ। तामासिक प्रवृत्तिको भोजन सेवन गर्लेनाले आध्यात्मिकताको मार्गमा बाधा पुर्याउने र शरीरको अवस्था पनि खराब गर्ने मानिन्छ। वर्षा मौसम माछाको प्रजननको समय हो। तसर्थ, यस समयमा संक्रमणको जोखिम अधिक हुन्छ।
के खानु पर्छ त ?
आयुर्वेदको अनुसार श्रावण महिनामा हल्का, सुपाच्य र तातो भोजन गर्न आवश्यक छ। तरकारीमा लौका, टमाटरका साथै लहरामा फल्ने तरकारी खानु निकै राम्रो र स्वस्थ हुन्छ। त्यस्तै, फलफूलमा स्याउ, केरा, अनार, नासपाती जस्ता मौसमी फलफूल खानु पर्छ। अन्नमा भने गहुँ, धान, मकै, मुंग, मटरको सेवन गर्नु स्वस्थ मानिन्छ।