सन्दीप क्षत्रीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ – कलाकार तथा सञ्चारकर्मी सन्दीप क्षेत्रीविरुद्ध उजुरी परेको छ। क्षेत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको हो।

क्षेत्री माथि सार्वजनिक शान्ति खलल पुर्याएको आरोप छ। गत असार १७ गते कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रममा उनले मधेसी महिलालाई जिस्क्याउने, होच्याउने, अपमान गर्ने कार्य गर्ने आरोप सहित उजुरी दर्ता भएको बताइएको छ।

उजुरी दर्ता गराउनेमा छिपहरमाई-५ घर भएका अशोक कुमार कुशवाहा रहेका छन्। क्षेत्रीले टेलिभिजन कार्यक्रम मार्फत मधेसी महिलाको अपमान गरेको भन्ने उनको आरोप छ।

क्षेत्रीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ को उपदफा (१) बमोजिम ऐनको दफा दफा ६५ को उपदफा (२) बमोजिम हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

प्रकाशित : बुधबार, असार २४, २०७७१३:०८

‘उटपट्याङ कुरा गर्ने ब्राजिलका राष्ट्रपतिलाई कोरोना लागेछ, हाम्रा प्रधानमन्त्रीलाई थाहा भयो-भएन कुन्नि?’