शरीरको यी अंग फर्फराउनु हुन्छ निकै शुभ !

शरीरको कुनै पनि अंग फर्फराउनुको मतलब कुनै कुरातर्फ इसारा गर्नु हो | यस्तो संकेत राम्रो नराम्रो दुबै हुनसक्छ | वास्तवमा, सामुन्द्रिक शास्त्रका अनुसार यदि तपाईंको शरीरको कुनै पनि अंग फर्फरायो भने यो सम्झुनुहोस् कि तपाईंको साथ राम्रो या नराम्रो चिज हुनसक्छ |

शीरको कुनै अंग  

यदि तपाईको शीरको कुनै पनि अंग फर्फरायो भने त्यो निकै शुभ लक्षण हो | यसको मतलब तपाईंलाई जग्गा वा घर लाभ हुनेछ |  यसको मतलब तपाईं छिट्टै जमीन वा घर किन्न योजना गर्न सक्नुहुन्छ।

हातको कुनै भाग 

यदि तपाईंको हातको कुनै पनि भाग फर्फरायो भने, यो खुसीको कुरा हो । यस्तो अवस्थामा तपाईंले कहीँबाट धन प्राप्त गर्नुहुनेछ र तपाईंलाई  आर्थिक लाभ मिल्नेछ। समुद्रशास्त्रमा हात फर्फराउनु पनि राम्रो मानिन्छ।

छातीको भाग 

समुद्रशास्त्रका अनुसार छाती फर्फराउनु विजयको संकेत हो। यसको मतलव तपाईंले कुनै पनि काममा चाँडै सफलता प्राप्त गर्नुहुनेछ। यो पनि तपाईंका लागि शुभ संकेत हो।

शीरको अगाडिको भाग 

यदि तपाईंको टाउकोको अगाडिको भाग फर्फरायो भने, यो सम्भव छ कि तपाईंको चाँडै रोजगारमा पदोन्नति हुनेछ । यो मात्र होईन, यो तपाईंको स्थान परिवर्तनको सूचक पनि हो। त्यसकारण, टाउकोको अगाडीको भाग  फर्फराउनु शुभ मानिन्छ।

प्रकाशित : बिहिबार, असार २५, २०७७११:२८

भगवान शिवको वास स्थान मानिने कैलाश पर्वतसँग जोडिएका रहस्य यस्ता छन् !