काठमाडौँका यी क्षेत्रमा आज दिनभर बत्ती जाने ! कहाँ-कहाँ ? हेर्नुहोस् !

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले शुक्रबार काठमाडौँका विभिन्न स्थानमा लाइन काट्ने भएको छ । प्राधिकरणका अनुसार विद्युतिय संरचना स्थानान्तरण तथा हटाउने कार्य गर्नुपर्ने भएकाले लाइन काट्न लागिएको हो ।

कुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने स्विचाटार पुल देखि देखि सितापाइला चोक सम्मको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गतकाे विद्युतिय संरचना स्थानान्तरण तथा हटाउने कार्यको लागि विद्युत बन्द गर्न लागिएको प्राधिकरणले एक सूचना जारी गर्दै जानकारी गराएको छ।

प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत् काटिनेछ । सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्र उधोग ,पदमा कोलोनी , रामकोट ,भिमढुँगा , छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरोध हुने प्राधिकरणले जनाएको छ।

“कुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने स्विचाटार पुल देखि देखि सितापाइला चोक सम्मको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गतकाे विद्युतिय संरचना स्थानान्तरण तथा हटाउने कार्यको लागि स्विचाटार -स्वयम्भु फिडर मिति २०७७ -०३ -२६ गते बिहान ११:०० बजे देखि दिउसो ३:०० बजे सम्म सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्र उधोग ,पदमा कोलोनी , रामकोट ,भिमढुँगा , छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरोध हुने भएकाेले उक्त क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै‌ं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।”,एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले भनेको छ।

प्रकाशित : शुक्रबार, असार २६, २०७७०२:५१

भारतमा बढ्दै कोरोना, रोकिने अवस्था देखिएन !