काठमाडौँ – निलम्वित नेतृ सरिता गिरीले समाचारमूलक भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द गरिएको प्रति आपत्ति जनाएकी छन्।
नेपाल सरकारलाई केहि भारतीय च्यानलमा प्रशारण भएका कार्यक्रम चित्त बुझेन भन्दैमा च्यानललाई बन्द गर्न नमिल्ने गिरीको भनाई छ। रहेका समस्यालाई कुटनीतिक तरिकाले समाधान गर्ने तर्फ सरकार लाग्नुपर्ने गिरी बताउँछिन्।
“नेपालको सरकार एकदुई अथवा केहि निश्चित च्यानलसँग खुशी छैन भन्दैमा सम्पूर्ण भारतीय च्यानल माथि प्रतिवन्ध लगाउन मिल्छ?”,गिरीले ट्वीट गर्दै भनेकी छन्।

गिरीले भारतीय समाचार च्यानलहरु बन्द गरिनुलाई ‘कम्बल प्रतिबन्ध’को संज्ञा दिएकी छन्। समाचारमूलक भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द गरिएको विरुद्धमा आफू रहेको उनको स्पष्ट भनाई छ।

“हामी भारतीय समाचार च्यानलहरुमा कम्बल प्रतिबन्धको बिरूद्धमा छौं। यदि सरकारलाई केही समस्या छ भने उसले कुटनीतिक तवरले समाधान गर्न प्रयास गर्नुपर्छ।”,ट्वीटरमा गरीले लेखेकी छन्।
we are against blanket ban over Indian news channels.If the govt has some problem, it should attempt to solve it through diplomatic channels.. https://t.co/uu08rNO2t4
— sarita giri (@sarita_giri) July 10, 2020
Is it proper to put a blanket ban on all Indian news channels because the Govt of Nepal is not happy with one or two specific channels?
— sarita giri (@sarita_giri) July 9, 2020

नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही समाचारमूलक भारतीय टेलिभिजन च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज गरी त्यस्ता च्यानल बन्द गर्न वितरकलाई आग्रह गरेपछि एमएसओहरुले यस्तो कदम चालेको बताइएको छ ।