ब्लड क्यान्सर क्यान्सरहरु मध्येको एक भयानक रोग हो । रगतमा अनियन्त्रित रुपमा कोषहरु बढ्दै गए भने मान्सिलाई ब्लड क्यान्सर हुने गर्छ । यो समस्या जुन पनि उमेर समुहका मानिसहरुमा देखिने गर्छ । क्यान्सरको धेरै मानिसहरुको ज्यान जाने गरेको छ । पछिल्लो समयमा बालबालिकामा ब्लड क्यान्सर धेरै देखिने गरेको पाइएको छ । यो वंशानुगत पनि हुने गर्छ । यदि सुरुवाती अवस्थामा यस रोगलाई पहिचान गर्न सकियो भने यस रोगको उपचार हुनसक्छ । धेरै मानिसलाई यसको लक्षण थाहा नहुने भएकाले अन्तिम अवस्थामा मात्र यो समस्या पत्ता लाग्ने गर्छ ।

बालबालिकामा ब्लड क्यान्सर भए निम्न लक्षणहरु देखिने गर्छन् :
-पटक-पटक एकै किसिमको संक्रमण हुनु
-धेरै तिब्र ज्वरो आउनु
-बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु
-हरेक समय थकान र कमजोरी महसुष गर्नु
-एनीमिया हुनु
-नाख-गिजा आदिबाट रगत बग्ने समस्या हुनु
-जोर्नीमा दुखाई अनुभव हुनु
-शरीरको विभिन्न भाग सुन्निनु
-शरीरमा ठाउँ ठाउँमा गाँठो हुनु
-कलेजोसम्बन्धि समस्या हुनु
-अक्सर टाउको दुख्नु । वा माइग्रेनको शिकार हुनु
-पक्षघात अर्थात स्ट्रोक हुनु
-कुनै चिजमा पटक पटक भ्रम हुनु । अर्थात मानसिक रुपले तनावग्रस्त हुनु
-वान्ता हुनु
-छाला चिलाउने समस्या देखापर्नु
-भोक नलाग्ने समस्या हुनु
-कुनैपनि घाउ निको हुन लामो समय लाग्नु

