पौष्टिक तत्व र खनिज स्वस्थ शरीरको लागि निकै आवश्यक कुरा हो, तर यस्ता केहि तत्वको अभावले हाम्रो शरीरलाई कमजोर बनाउँछ। यी तत्व यति आवश्यक हुन्छन् कि ती बिना स्वस्थ जीवनशैलीको कल्पना पनि गर्न सकिदैन। यी मध्ये एक आवश्यक पोषक तत्व हो क्याल्सियम।

क्याल्सियमले हाम्रो शरीरलाई मजबूत बनाउँने मात्र होइन तर यो शारीरिक विकास र स्वस्थ मांसपेशीहरूको लागि पनि आवश्यक हुन्छ। बच्चाहरू होस् वा किशोर, वयस्कहरू वा वृद्धहरू … सबैलाई क्याल्सियम आवश्यक हुन्छ। सन्तुलित आहारमा क्याल्सियम समावेश गर्नुपर्छ | दूध यसको एक राम्रो स्रोत हो।

३० बर्षको उमेर पछि हड्डीहरू कमजोर हुन थाल्छ, जसको कारणले कसैलाई आर्थराइटिस वा ओस्टियोपोरोसिस जस्ता समस्याहरूको सामना गर्नु पर्छ । क्याल्सियमले हड्डीहरूलाई बलियो बनाउँछ |
संकेत
शरीरमा क्याल्सियमको अभाव भएको तपाईं आफैँ बुझ्न सक्नुहुन्छ, किनकि क्याल्सियमको कमी हुँदा शरीरमा केहि संकेत देखा पर्छन् |
कपाल झर्नु

केटिहरू आफ्नो कपालको बारेमा निकै सकारात्मक हुन्छन्, तर आजकल, कपालमा देखा पर्ने समस्याको चिन्ताले केटिहरूलाई पनि सताउन थालेको छ। यदि तपाईंको कपाल अत्यधिक झर्न थालेको छ भने, यो सम्भव छ कि तपाईंको शरीरमा क्याल्सियमको कमीको भएको हुन सक्छ। यस्तोमा शरीरको परिक्षण गर्नु आवश्यक हुन्छ।
हड्डी कमजोर हुनु

हड्डीहरूलाई अधिकतम क्याल्सिम चाहिन्छ। हाम्रो हड्डीको शक्तिले हाम्रो शरीरमा क्याल्सियमको मात्रा पर्याप्त छ कि छैन भनेर देखाउँछ। यदि शरीरमा पर्याप्त क्याल्सियम छैन भने, केही हल्का चोटपटकले पनि हड्डी टुट्न सक्छ। त्यसैले, तपाईंले कहिले यो समस्या सामना गर्नुभयो भने, तपाईंको शरीरमा क्याल्सियमको कमी छ भनेर बुझ्नुहोस्।
दाँत कमजोर हुनु

हड्डीहरूको साथसाथै दाँतलाई पनि क्याल्सियम चाहिन्छ। कमजोर र सडेको दाँतले शरीरमा क्याल्सियमको अभाव भएको कुराको संकेत गर्छ। यदि बच्चाहरूमा क्याल्सियमको अभाव भयो भने उनीहरूको दाँत ढिलो आउँछ।
कमजोर नङ

शरीरमा क्याल्सियमको अभावले नङलाई पनि असर गर्छ। नङ छिटो टुट्नु, पहेँलो हुनु, यी सबैले तपाईंको शरीरमा क्याल्सियमको कमी छ भनेर देखाउँछ |
यदि तपाईंको शरीरमा पनि क्याल्सियमको कमी छ भने अथवा शरीरमा माथिका कुनै लक्षण देखियो भने तपाईंले आफ्नो आहारमा दुध, दही, बदाम आदि बढाउन जरूरी हुन्छ। यस बाहेक, अंकुरित अन्न पनि धेरै उपयोगी साबित हुन सक्छ।

