४७ दिन यताकै कम व्यक्तिमा कोरोनाको पुष्टि !

काठमाडौँ – शनिबार ४७ दिन यताकै कम व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ७० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा नेपालका ४ सय ३१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

बितेको २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित : शनिबार, असार २७, २०७७१०:५२

काठमाडौँ उपत्यकामा कोरोनाले लियो तीन जनाको ज्यान !