बिल गेट्स भन्छन् – ‘कोरोनाको खोप धन हेरेर होइन, आवश्यकता हेरेर दिइनुपर्छ’

एजेन्सी – अर्बपती धनाड्य बिल गेट्सले कोभिड १९ को खोप बनेपछि अत्यावश्यक देशहरुलाई उपलब्ध हुनुपर्ने बताएका छन्। समाजसेवी समेत रहेका उनले कोरोना खोप तयार भएपछि धनी देशलाई भन्दा पनि अत्यावश्यक देश र ठाउँमा उपलब्ध हुनुपर्ने बताएका हुन्।

खोप धेरै रकम तिर्नेहरुका लागि भन्दा पनि खोपको आवश्यक भएका देश र नागरिकलाई वितरण गर्नुपर्ने उनको भनाई छ। आवश्यकता भन्दा पनि धन हेरेर खोप उपलब्ध गराइए त्यो न्याय हुन जाने उनी बताउँछन्।

“औषधि र खोप कोरोना प्रभावित देश र जनताकोआवश्यकत हेरेर दिइनुपर्छ। खोप उपलब्ध गराउँदा धेरै पैसा तिर्नेलाई दिइयो भने अन्याय हुनेछ”,गेट्सले अन्तर्राष्ट्रिय सहायता समाजबाट आयोजित भिडियो सन्देश मार्फत शनिबार भने। कोरोना भाइरस संक्रमण विरुद्धको खोप समानताको आधारमा वितरण गर्ने निर्णय गर्न सक्ने नेता विश्वलाई चाहिएको उनले बताए।

“कोरोना भाइरस संक्रमण विरुद्धको खोप समानताको आधारमा वितरण गर्ने गरी कडा निर्णय गर्नसक्ने नेताहरु चाहिएको छ ।”,उनले भने।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण बारे अहिले विश्वका विभिन्न देशहरुमा अनुसन्धान भइरहेका छन्। जसमध्ये धेरै देशले अहिले कोरोना विरुद्धको खोप निर्माणमा लगानी गरिरहेका छन्। अमेरिका, युरोप तथा चीनमा निर्माण भइरहेको खोपले सकारात्मक नतिजा देखाइरहेका छन्।

प्रकाशित : शनिबार, असार २७, २०७७१२:३७

प्रचण्डले भने – ‘मैले हतार गरेको भए ठूलो दुर्घटना हुन्थ्यो’