एजेन्सी, निसन्देह एभोकाडो पृथ्वीमा स्वास्थ्यबर्धक र बहुमुखी फल मध्ये एक हो । यस फलमा शक्तिशाली औषधीय गुण हुन्छ। यो एक समृद्ध स्वादिष्ट र क्रिम वाला स्वाद प्रदान गर्ने फल पनि हो ।
आउनुहोस् जानौ यसलाई दैनिक सेवन गर्दा पुग्ने १० फाइदाहरु :
पोषक तत्व:
एउटा एभोकाडोमा २० भन्दा बढी भिटामिन र खनिज पदार्थ पाइन्छ । यसमा २५ % भिटामिन-सि, ३९ % भिटामिन-के, ३० % फोलेट, २१ % पोटासियम पाइन्छ ।
स्वस्थ बोसो:
एभोकाडो पूर्ण रुपमा स्वस्थ बोसो हो, जसले खराब कोलेस्ट्रोललाई कम गर्दछ । यसले स्ट्रोक र हर्ट अट्याकको जोखिमलाई कम गर्दछ ।
कोलेस्ट्रोलको स्तर:
एभोकाडो पूर्ण रुपमा स्वस्थ बोसो भएको कारण जसले कोलेस्ट्रोलको स्तर मेनटेन गर्दछ ।
तौल घटाउन :
दैनिक आधा एभोकाडो खाँदा यसले धैर्यता बढाउँछ र तपाइलाई भोजनको ५ घण्टासम्म भरिपेट महशुस गराउनेछ ।
पोषक तत्वहरूको अवशोषण:
नियमित एभोकाडोको खपतले शरीरमा आवश्यक कार्टोनोइड्सको अवशोषणलाई मद्दत गर्दछ। जस्तै लिउटेन, लियोपीन, अल्फा-कार्टोन र बिटा कार्टोन ।
मधुमेह रोकथाम:
एभोकाडोले इन्सुलिन र रक्त ग्लूकोज स्तरलाई विनियमित गर्दछ, यसैले यो मधुमेहको मामलामा उत्कृष्ट हुन्छ ।
स्वस्थ हड्डी :
भिटामिन-के ले शरीरको क्याल्सियम अवशोषण गर्दछ, जसले हड्डीलाई स्वस्थ राख्न मद्दत गर्दछ । एभोकाडो भिटामिन-केको लागि राम्रो श्रोत हो ।
स्वस्थ आँखा:
एभोकाडोमा दुई निकै महत्वपुर्ण कार्टेनोइड्स, लिउटेन र जिएनथिन हुन्छ, जुन स्वस्थ आँखा र दृष्टिको लागि निकै महत्वपुर्ण छ । एभोकाडोको सेवनले अन्धोपना, आखाको क्षति र आखा रोग लाग्नबाट बचाउछ ।
गर्भावस्था:
एभोकाडोमा भिटामिन बी 6, मोलट, भिटामिन सी, र पोटासियम प्रचुर मात्रामा पाइन्छ । यि सब गर्भावस्थाको महिलाको लागि निकै आवश्यक हुन्छ ।

