भोलि असार २९ गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक र मानसिक अस्वस्थताको अनुभव हुनेछ| मित्रको साथ स्वादिष्ट एवम उत्तम भोजनको अवसर  मिल्नेछ| मध्यान्ह पछि कार्य सुरु गर्नु शुभ हुन्छ| पारिवारिक सम्बन्धमा सुधार आउनेछ| आर्थिक पक्ष कमजोर रहनेछ|

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

साथी-भाईको सहयोग मिल्नाले मन प्रशन्न रहनेछ| मध्यान्ह पछि शारीरिक र मानिसिक अस्वस्थताको अनुभव हुनेछ| व्यायाहरिक कार्यमा सफलता प्राप्त हुनेछ | धार्मिक कार्यमा खर्च बढ्नेछ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन तपाईंको लागि निकै शुभ रहने छ| व्यापारमा सफलताको साथै धन वृद्धि हुने योग रहेको छ| आकस्मिक धन लाभ हुनेछ| मध्यान्ह पछि यात्राको योग बन्नेछ |

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको यस दिन मिश्रीत रहेनछ| मध्यान्ह अघि मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ| मध्यान्ह पछि भने शारीरिक स्फूर्तिको महशुस हुनेछ| सामाजिक मान-सम्मान प्राप्त हुने र पदोन्नतीको योग रहेको छ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको यस दिन मध्यम रहनेछ| अनैतिक कार्यबाट टाडै रहनुहोला| मानसिक र शारीरिक परिश्रम अधिक गर्नुपर्नेछ| आकस्मिक धनलाभ हुने देखिन्छ| सान्तानोको बारेमा चिन्ताको कारण खर्च बढ्नेछ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

व्यायासयिक कार्यको लागि दिन अनुकूल रहेको छ| आकस्मिक धनलाभको सम्भावना रहेको छ| कलक्षेत्र तथा सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ| मध्यान्ह पछि स्वास्थ्यमा समस्या आउन सक्छ|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको यस दिन फलदायी रहनेछ| गृहस्थजीवनमा सुख-शान्ति रहनाले दिन आनन्दमय रहनेछ| कलाक्षेत्रका मानिसको लागि दिन निकै शुभ रहेको छ| उच्च मनोबल र आत्मविश्वासले कुनै पनि कार्य सफल हुनेछ|

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

साहित्य क्षेत्रमा मन लाग्नेछ| शेयर-सट्टेको लागि शुभ दिन रहेको छ| विद्यार्थीहरुको लागि पनि समय अनुकूल रहेको छ| प्रतिस्पर्धि माथि विजय प्राप्त हुनेछ| स्वास्थ्य राम्रो रहनेछ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| स्वास्थ्यमा समस्या आउन सक्छ| आमाको स्वास्थ्यमा पनि ध्यान दिन जरूरी देखिन्छ| धन हानि हुने सम्भावना छ| मध्यान्ह पछि भने मनमा प्रशन्नता छाउनेछ|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

पति-पत्नी बीचको सम्बन्धमा सुमधुरता छाउने छ| सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ| साथी-भाईसँगको सम्बन्धमा सुधार आउने छ| यात्राको योग रहेको छ| मध्यान्ह पछि शारीरिक तथा मानसिक स्वस्थताको अनुभव हुन सक्छ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परिवारमा सुख-शान्तिको वातावरण कायम रहनेछ| वाद-विवादबाट टाडा नै रहनुहोला| मनमा नकारात्मक सोच आउनेछ| मध्यान्ह पछि भने मनमा स्थिरता आउनेछ| खर्च बढ्नाले आर्थिक पक्ष कमजोर रहनेछ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारमा आनन्दमय वातावरणको स्थापना हुनेछ| नयाँ कार्य सुरु गर्न शुभ दिन रहेको छ| शारीरिक तथा मानसिक स्वास्थ्य प्रतिकूल रहनेछ| धार्मिक कार्यमा उपस्थित हुने अवसर मिल्नेछ| खान-पानमा ध्यान पुर्याउनु होला|

प्रकाशित : आइतबार, असार २८, २०७७१४:४६

भोलि असार ३० गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !