ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना सङ्क्रमण !

काठमाडौँ – बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसकाे सङ्क्रमणको पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणबाट अभिनेत्री ऐश्वर्या र उनकी छोरी आराध्यामा पनि कोरोना भाइरसकाे सङ्क्रमणको पुष्टि भएको हो।

ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना सङ्क्रमित भएको मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेले पुष्टि गरेका छन्। उनका अनुसार अभिनेता अमिताभकी श्रीमती जया बच्चनकाे रिपाेर्ट भने नेगेटिभ आएकाे छ।

यस अगाडी शनिबार राति अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। कोरोना पुष्टि पश्चात उनीहरुलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिए छ।

नेपालका प्रधानमन्त्रीद्वारा शिघ्रस्वास्थ्य लाभको कामना

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना पुष्टि भएका बच्चन परिवारको स्वास्थ्यलाभको कामना गरेका छन्। आइतबार एक ट्वीट गर्दै ओलीले शिघ्रस्वास्थ्य लाभको कामना गरेका हुन्।

“भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन तथा उहाँका सुपुत्र अभिनेता अभिषेक बच्चनको सुस्वास्थ्य तथा शीघ्र स्वास्थ्यलाभको कामना!”,एक ट्वीट गर्दै ओलीले भनेका छन्।

प्रकाशित : आइतबार, असार २८, २०७७१०:४३

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग