पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग

काठमाडौँको बबरमहलमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आइतबार आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघ । तस्वीर ः रोशन सापकोटा÷रासस

काठमाडौँ – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै आज नेपाल आयल निगम लिमिटेडको कार्यालय अगाडि धर्ना दिइएको छ ।

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आम उपभोक्ताको रोजगारी खोसिएको अवस्थामा सरकारले पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा युवाले आज एक घण्टा धर्ना दिएका हुन् ।

काठमाडौँको बबरमहलमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आइतबार आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघ । तस्वीर ः रोशन सापकोटा÷रासस

सरकारले शुक्रबारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको थियो । सरकारले त्यसअघि असार १६ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । दश दिनको बीचमा पेट्रोलको मूल्य लिटरमा रु छ र डिजेलमा रु तीनले बढेको छ ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य लिटरको रु १०२ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु ८८ भएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् राखिएको छ । सोही अवसरमा नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोनाको महामारीका समयमा पनि सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाउनु उचित नभएको भन्दै बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलन गर्ने बताए।

काठमाडौँको बबरमहलमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आइतबार आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघ । तस्वीर ः रोशन सापकोटा÷रासस
प्रकाशित : आइतबार, असार २८, २०७७११:४८

सांसदबाट हटाइएपछि गिरीले दिइन् सर्वोच्चमा रिट !