खुले भारतीय समाचार च्यानल !

काठमाडौँ – नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अनर्गल प्रचार गरेपछि बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुलेका छन् ।

केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजन च्यानलबाहेकका अरु सबै च्यानल सुचारु राख्ने निर्णय गरेको हो।

केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको छ। साथै अनर्गल प्रचार गरेको पाइए अन्य च्यानललाई समेत बन्द गरिने केवल अपरेटरहरूले जनाएका छन्।

नेपालमा धेरै प्रकारका दर्शक रहेको र त्यस मध्ये केहि भारतिया समाचार हेर्ने पनि रहेको विषयलाई मध्यनजर गर्दै बन्द गरिएका भारतीय च्यानल खुल्ला गरिएको बताइएको छ।

नेपाल सरकारले नेपालको नक्शा अद्यावधिक गरी जारी गरेपछि केही भारतीय सञ्चारमाध्यमले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्को छिमेकी देशको नाम समेत जोडेर कपोलकल्पित, दुराशयपूर्ण एवम् भ्रामक समाचार प्रकाशन र प्रसारण गरेका थिए ।

त्यसपश्चात केवल अपरेटरहरूले भारतीय न्युज च्यानलहरु बन्द गरिदिएका दिए।

प्रकाशित : सोमबार, असार २९, २०७७०६:४०

मयूर यातायातले बस चलाउन थाल्यो !