ओलीले भने – ‘राम भारतका होइनन्, भारतले वास्तविक तथ्य लुकाइरहेको छ’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली अयोध्या खडा गरेर भारतले सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका छन्।

सोमबार भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा बोल्ने क्रममा ओलीले वास्तविक तथ्य लुकाएर भारतले सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका हुन्। उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पार्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको आरोप लगाए।

“हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ ।”,उनले भने। सीता भारतका रामलाई नभई अयोध्याका रामलाई दिइएको पनि उनले बताए।

“हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या भीषण विवाद छ है त्याँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डीत जी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन् ।’”,उनले भने।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे।

“जहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन्। नजिकै पर्थो सजिलैसँग गए होलान तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरी एक हमला माथि अर्को ।”,उनले भने।

प्रकाशित : सोमबार, असार २९, २०७७१५:५२

मृगौला बारे १२ रोचक सत्य-तथ्यहरु, जुन हरेकलाई थाहा हुनुपर्छ !