धेरै नै ईर्ष्यालु हुन्छन् यी राशि हुनेहरु !

प्रेम,जलन, ईर्ष्या, यी मानव प्रकृतिका केहि आधारभूत भावनाहरू हुन् जसलाई नियन्त्रणमा राख्नु नै एक सफल मानवको चिनारी हो।यस्ता भावनाहरू प्रत्येक मानिस भित्रै सामेल हुन्छन्, तर यी ४ राशिका व्यक्तिहरुमा भने  ईर्ष्याको भावना बढि  हुन्छ।

वृष राशि 

वृष राशिका व्यक्तिहरू विलासितापूर्ण जीवन बिताउन मन पराउँछन् र उनीहरूको जीवनमा सबै किसिमका भौतिक आनन्द प्राप्त गर्न चाहन्छन्। तर समस्या आउँछ जब उनीहरू आफ्नो सम्बन्ध र आफ्नो पार्टनरलाई पनि उनीहरूको सम्पत्तीको रूपमा बुझ्न थाल्छन् र उनीहरूसँग मनमानी व्यवहार गर्छन्। उनीहरुको मनमा आफ्ना प्रेमीप्रति पनि इर्श्याको भावना सिर्जना हुन लाग्छ|

सिंह राशि 

सिंह राशिका व्यक्तिलाई धेरै अहंकारी मानिन्छ। उनीहरूका अनुसार आफ्नो पार्टनरको प्रेम र अटेन्सन प्रति केवल उनीहरूको  अधिकार हुनु पर्छ। यदि त्यस्तो भएन भने उनीहरुको मनमा इर्ष्याको भावना जाग्छ| सामान्यतया, यो यति ठूलो समस्या होइन, किनकि सिंह राशिका व्यक्तिहरु पूर्ण रूपमा आफ्नो प्रेमी प्रति समर्पित हुन्छन्। तर जब उनीहरूको पार्टनरले तिनीहरूका अपेक्षाहरू बुझ्दैनन् तब उनीहरुको मनमा इर्ष्या पलाउँछ|

कन्या राशि 

कन्या राशिका मानिसहरु प्रकृतिमा धेरै जटिल हुन्छन्। कहिलेकाँही यिनीहरूलाई साथीबाट आफु प्रति कस्तो आशा अपेक्षा छ  भनेर पनि बुझ्न सक्दैनन् । यस  कारण, यी व्यक्तिहरूमा ईर्ष्याको भावना उत्पन्न हुन्छ। उनीहरूको प्रेमीले अरू कसैसँग समय बिताएको पनि सहन सक्दैनन्।

वृश्चिक राशि 

यस राशिका व्यक्तिहरुमा इर्ष्याको भावना सबै भन्दा बढि हुन्छ। यिनीहरु सजिलैसँग कसैलाई पनि विश्वास गर्न सक्दैनन् र यो उनीहरूको प्रेम सम्बन्धमा पनि समान रूपमा लागू हुन्छ। यदि विपरीत लिंगीको व्यक्तिको उनीहरुको प्रेमीको जीवनमा प्रवेश भयो भने  यिनीहरूमा इर्ष्याको भावना प्रकट हुन्छ। ईर्ष्याको भावनाले यिनीहरूको सम्बन्धमा नकारात्मक प्रभाव पार्छ।

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७१५:३०

दाँतको संख्याले बताउँछ तपाईं कति भाग्यमानी ! हेर्नुहोस्