काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले उटपट्यांग अभिव्यक्ति दिएको बताएका छन्। प्रधानमन्त्री ओलीले श्रीरामको जन्मभूमी अयोध्या नेपालमै पर्ने भन्दै दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै थापाले यस्तो बताएका हुन्।
सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै रामको जन्मभूमी अयोध्या नेपालको वीरगञ्जभन्दा केहीपर ठोरीमा पर्ने तर भारतले विवादित अयोध्या खडा गरेको र सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए।
प्रधानमन्त्रीको यस किसिमको अभिव्यक्तिलाई थापाले उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा प्रधानमन्त्रीबाट आउनु उपयुक्त नहुने बताएका छन्। भारतसँगको सम्बन्ध बिगार्ने अभिप्रायले ओलीबाट यस किसिमको अभिव्यक्ति आएको थापाको बुझाई छ।
“प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।”,थापाले ट्वीटरमा लेखेका छन्।
भारतद्वारा अतिक्रमित जग्गा फिर्ता ल्याउन छाडेर ओली अनावश्यक विवाद शिर्जना गरेर दुई देश बीचको सम्बन्ध बिगार्ने काममा ओली लागेको थापाको आरोप छ।
“नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन”,थापाले लेखेका छन्।
थापा ट्वीटरमा यसो लेख्छन् –
प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन

