काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्दा छोड्न नहुने बताएका छन्।
प्रधानमन्त्री ओलीले श्रीरामको जन्मभूमी अयोध्या नेपालमै पर्ने भन्दै दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै भट्टराईले ओलीलाई अब छाडा छोड्दा खतरनाक हुने बताएका हुन्।
सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै रामको जन्मभूमी अयोध्या नेपालको वीरगञ्जभन्दा केहीपर ठोरीमा पर्ने तर भारतले विवादित अयोध्या खडा गरेको र सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए।
“अति गरे खति हुन्छ भन्छन्!प्रम ओलीका वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।”,भट्टराईले ट्वीटरमा लेखेका छन्।
संसद स्थगन गरिसकिएको अवस्था रहेको र अध्यादेश संकटकालको शक्ति पनि ओलीसँगै रहेको हुँदा ओलीलाई त्यतिकै छाड्नु खतरनाक हुन जाने भट्टराईको बुझाई छ।
“संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं!”,भट्टराईले लेखेका छन्।
अति गरे खति हुन्छ भन्छन्!प्रम@kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं! https://t.co/zcxpsGEshn
— Baburam Bhattarai (@brb1954) July 14, 2020