‘ओलीले नेपाल र भारत बीचको सम्बन्ध बिगार्ने भए’

काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याको बारे विवादित बयान दिएर नेपाल-भारत बीचको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन्।

मङ्गलबार सामाजिक संजाल फेसबुक मार्फत कोइरालाले प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउँने काम गरेको बताएका हुन्।

“प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, बिवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन्।”,कोइरालाले लेखेका छन्।

गौतम बुद्ध र लुम्बिनीका बारेमा नेपालले कसैसँग सम्झौता गर्न नचाहेजस्तै भारत र भारतका जनताले पनि श्रीराम र अयोध्याका बिषयमा सम्झौता गर्न नसकने कोइरालाको बुझाई छ।”

अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र रहेको हुँदा धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको ह-तियार बनाएर सत्ताको मलजल गर्न नहुने पनि कोइरालाले बताएका छन्।

“जसरी गौतम बुद्ध र लुम्बिनीका वारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहँदैनन्। अयोध्या भारत लगायत सम्पूर्ण हिन्दुहरुको आस्थाको केन्द्र हो। धर्म र आस्थालाई राजनीति तथा कुटनीतिको ह-तियार बनाएर सत्ताको मलजल गर्नु कदापि सह्य हुँदैन।”,उनले फेसबुकमा भनेका छन्।

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७०७:१९

‘अर्को महिना देखि कोरोनाको खोप सर्वसाधारणका लागि उपलब्ध हुने’