लायन्सद्वारा २९ हजार ६ सय भिटिएम हस्तान्तरण !

काठमाडौँ – लायन्स क्लबले कोरोना भाइरस संक्रमण परीक्षण हुने देशका विभिन्न प्रयोगशालाहरुलाई भिटिएम किट उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको सूची अनुसार लायन्स क्लबले देशका विभिन्न प्रयोगशालाहरुलाई भिटिएम किट हस्तान्तरण गरेको हो।

लायन्स क्लब अन्तरराष्ट्रिय मल्टिपल डिष्ट्रीक़्ट ३२५ नेपाल अन्तर्गतका चारवटै डिष्ट्रिक्टका तर्फ़बाट कोरोना भाइरस रोकथाम तथा नियंत्रणका लागि देशका विभिन्न २६ अस्पताल र ल्याब भाइरस ट्रान्सपोर्ट मेडियम (भिटिएम) हस्तान्तरण गरिएको बताइएको छ।

कोभिड–१९ को महामारीमा सहयोग गर्ने उद्देश्यका साथ ४८ लाख ६० हजार रुपैंयाँ रकम बराबरको २९ हजार ६०० भिटिएम किट स्वास्थ्य मंत्रालयबाट प्राप्त अस्पतालको लिष्ट बमोजिम उपलब्ध गराएको लायन्स क्लब नेपालको भनाई छ। यस अगाडी लायन्सले वैशाख १४ गते ५७ लाख ४९ हजार २ सय बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

यस्तै पछिल्ला दिनहरुका वर्षा पश्चात प्राकृतिक विपत्ति निम्तिएका क्षेत्रमा पनि राहत वितरण गर्न लागिएको लायन्स 325 A1 का चिफ एरिया कोर्ड्निनेटर रामशरण बस्नेतले बताए।

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७०९:१८

मेलम्चीको बाँध फुट्यो: इन्जिनियरसहित दुई बेपत्ता, गाडी पनि बगायो !