काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको बाँध फुटेको छ। मंगलबार बाँधको १७ नम्बर गेट भत्किन पुगेको हो।
गेट भत्किँदा एक इन्जिनियरसहित २ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी रहेपनि हालसम्म फेला नपरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन्।

बेपत्ता हुनेमा एक इन्जिनियर र एक चालक उनले बताए। बेपत्ता भएकाहरुको खोजीकार्य जारी छ। खोजि कार्य जारी भएपनि खोलामा बगेको हुँदा भेट्न सकिएको छैन। आयोजनाको सुरुङमा पठाइएको पानीको अवस्था हेर्नका लागि जाँदा एक्कासी बाँधको १७ नम्बर गेट भत्किएको बताइएको छ।
बाँधको भत्किँदा एउटा गाडी समेत बगाएकाे छ भने अन्य दुई जना घाइते भएका छन्। घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
गत असार २१ गते मात्रै मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो। काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको थियो।