आँखामा यी ६ समस्या देखिनु हुनसक्छ गम्भीर रोगको संकेत, समयमै थाहा पाउनुहोस् !

आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो| विभिन्न अनुसन्धानबाट यो प्रमाणित भएको छ कि एक व्यक्तिको आँखाले उसको स्वास्थ्यको बारेमा धेरै कुरा बताउँछ। आँखालाई ध्यान दिएर हेरेर मात्रै पनि यो पत्ता लगाउन सकिन्छ कि त्यो व्यक्ति स्वस्थ छ वा बिरामी छ वा चाँडै बिरामी हुनेछ। यी ६ संकेत तपाईंको आँखामा देखा पर्न लग्यो भने बुझ्नुपर्छ कि तपाईंको स्वास्थ्यमा समस्या आउन सक्छ|

आँखा मुनि आनो आउनु 

आँखा मुनि परेला नजिकै कहिलेकाँही डण्डीफोर जस्तो चीज आउँछ जसलाई साधारण भाषामा आनो पनि भनिन्छ। यो  रातो रंगको र कहिलेकाँही पीडादायी हुन्छ, जुन उपचारको केहि दिन पछि वा आफ्नै पनि हट्छ। तर यदि यो उपचारपछि पनि हराएन र लामो समयसम्म गएन, उदाहरणका लागि, यदि ३ महिना भन्दा बढि रहन्छ भने यो एउटा ठूलो रोगको संकेत हो। यसलाई एक प्रकारको क्यान्सर भनिन्छ। त्यसकारण यसलाई हल्का रूपमा लिनु हुँदैन।

आँखी भौं झर्नु 

सायद सबैले यसमा ध्यान दिँदैनन्, तर आँखी भौं झर्नु एक रोगको संकेत हो। विज्ञहरूका अनुसार यो थाइराइड रोगको संकेत हो।

धमिलो देखिनु 

यो सामान्यतया सबैको साथ हुन्छ, लामो समयसम्म टिभी हेर्दा वा कम्प्युटर / ल्यापटपमा काम गर्दा धमिलो देखिन्छ। तर यदि यस्ता कारण बिना नै आँखाले धमिलो देख्नुभयो भने यसलाई बेवास्ता नगर्नुहोस्। यसको उपचार समयमै गर्न जरूरी छ|

आँखा अगाडि अँध्यारो छाउनु 

 

अचानक आँखाको अगाडी अँध्यारो छाउन लग्यो भने र यो समस्या बढ्न थाल्यो भने, यसलाई अन्देखा गर्नुहुन्न। यो माइग्रेन रोगको संकेत हुनसक्छ।

आँखा पहेँलो हुनु 

यदि आँखाको रंगमा अचानक परिवर्तन आयो र आँखा पहेँलो हुन लग्यो भने, यो पिलिया रोग हुन सक्छ। यस्तो अवस्थामा, तुरून्त डाक्टरलाई सम्पर्क गर्नुपर्छ।

कम देख्नु वा अचानक देख्न छोड्नु 

आँखा विशेषज्ञहरूले आँखासँग सम्बन्धित धेरै नयाँ रोगहरूको बारेमा बताउँछन् जसमध्ये आजको समयमा सबैभन्दा बढ्दो रोग आँखाको अगाडि कालोपन छाउनु हो। अचानक आँखा देख्न बन्द हुनु। यो आँखा सुन्निनाले हुन सक्छ वा अन्य धेरै रोगहरू हुन सक्छन् जुन यो समस्यासँग सम्बन्धित छ।

प्रकाशित : बिहिबार, साउन ०१, २०७७१२:२२

पुरुषमा देखिने यी लक्षण हुनसक्छ खतरनाक, क्यान्सरको लक्षण पनि हुनसक्छ !