ज्योतिषशास्त्रमा सबै राशिको भिन्नै सामर्थ्य र कमजोरीहरू हुन्छन्, तर शनि र मंगल ग्रहका चार राशिहरू अरूको तुलनामा अत्यन्त भाग्यशाली हुन्छन्। यद्यपि कसैले परिश्रम र प्रयास बिना केही प्राप्त गर्दैनन्, तर यी राशिका मानिसले कम प्रयासमा द्रुत रूपमा सफलता प्राप्त गर्छन्।
मेष राशि
मंगल ग्रह स्वामी भएको कारण यस राशिका व्यक्तिहरू धेरै ऊर्जावान हुन्छन्। यस बाहेक, यी जिद्दी पनि अत्याधिक हुन्छन्, त्यसैले यदि कुनै कार्य गर्ने सोच बनाए भने त्यो कार्य पूरा गरेरै छोड्छन्। आफ्नो कार्य पूरा इमान्दारीका साथ गर्छन्| यिनीहरू अत्यन्त भाग्यशाली हुन्छन् र सानो प्रयासले पनि सफलता प्राप्त गर्छन्, अन्य व्यक्तिहरूको तुलनामा कम संघर्ष गर्छन् र यिनीहरूले जीवनमा प्रायः सबै खुशीहरू सजिलै प्राप्त गर्छन्।
वृश्चिक राशि
यो राशि मंगल ग्रहको प्रभावित राशि हो| यस राशिका व्यक्ति निकै ऊर्जावान हुन्छन्| यिनीहरु आफ्ना कुरा गोप्य नै राख्छन्| यस राशिका व्यक्तिहरुले जीवनमा सजिलै सबै जस्तो खुशी प्राप्त गर्छन्| थोरै मिहेनतले नै धेरै सफलता प्राप्त गर्छन्|
मकर राशि
शनि ग्रहबाट प्रभावित यस राशिका मानिसमा धैर्य र भावनामा नियन्त्रण गर्न सक्ने क्षमता हुन्छ| शनिको प्रभावको कारण यी मानिस निकै बुद्धिमानी तथा समझदार हुन्छन्| यिनीहरुले आफ्नो जीवनमा खुशी बिस्तारै बिस्तारै प्राप्त गर्छन् तर प्राय: सबै खुशी प्राप्त गर्छन्|
कुन्भ राशि
कुम्भ राशि शनि ग्रहबाट प्रभावित राशि हो। यस राशिका मानिस धेरै परोपकारी हुन्छन्। साथै यिनीहरू परिश्रमी पनि हुन्छन्। अरुको भलाइ गर्ने सोच र कडा परिश्रमले गर्दा यिनीहरूलाई शनिको कृपा हुन्छ। यिनीहरुले आफ्नो जीवनमा सबै जसो खुशी प्राप्त गर्छन्।