पेट सम्बन्धि समस्या तथा कब्जियत आजभोली सामान्य हो। व्यस्त दिनचर्या, शारीरिक गतिविधिको अभाव, खाद्यान्न अभाव आदि केहि चीजहरू यसको कारण हुन्। सुन्दा यी समस्या सामान्य लाग्न सक्छ तर यसले पछि गम्भीर स्वास्थ्य समस्या तथा रोग निम्त्याउन सक्छ।
सबै उपचार पछि पनि कतिपय मानिसले कब्जियतबाट छुटकारा पाउनु सक्दैनन्। यसबाट छुटकारा पाउनको लागि आफ्नो जीवनशैली सुधार गर्न र खान-पानमा सुधार गर्न आवश्यक हुन्छ, तर एक्युप्रेशर मार्फत सरल समाधान पनि गर्न सकिन्छ।
एक्युप्रेशर
एक्युप्रेशरमा,औंलाहरू मार्फत शरीरका विभिन्न बिन्दुहरू दबाएर यसलाई सक्रिय गरिन्छ। यसले शरीरमा केहि रसायनहरूको स्राव गराउँछ जसले शरीरका थुप्रै समस्या कम गर्छ। एक्युप्रेशरको अनुसार कब्जियतको समाधान हाम्रै हातमा छ|
हातको तल्लो भाग (कुहिनाको नजिक र यसको मुनि) दुईवटा बिन्दुहरू (कुरपरा मर्म र इन्द्रवस्ती मर्म बिन्दु )हुन्छन् जसलाई सक्रिय गराएर आफ्नो पाचन क्षमतालाई र बलियो बनाउन सकिन्छ। यसले कब्जियतको समस्या बिस्तारै कम गर्दै समाधान गर्छ।
कुरपरा मर्म
कुरपरा मर्म शरीरमा कुरपर सन्धिसँग सम्बन्धित छ। कुहिनाको ठिक पछाडि, सन्धि स्थल(जोड़) मा आफ्नो बीचको औंला राख्नुहोस्, जहाँ यो समाप्त हुन्छ त्यहिं नै यो बिन्दु हुनेछ।
यसको माध्यमबाट, मुटु र नाभी बीच सबै अंगहरू सक्रिय गर्न सकिन्छ। यस बिन्दुलाई सक्रिय पार्नु कलेजो, पित्ताशय, पेटको रोग, मधुमेह, हेपेटाइटिस, कोलिसिस्टाइटिस, श्वासप्रश्वासको समस्या आदिमा धेरै फाइदाजनक हुन्छ। कब्जियतबाट राहत पाउन पनि यो निकै फाइदाजनक छ।
इन्द्रवस्ती मर्म
इन्द्रवस्ती मर्म बिन्दुले शरीरमा पाचन र मुत्र सम्बन्धी सबै समस्याहरू हटाउँछ। इन्द्र भनेको पानी हो, त्यसैले यसको नामबाट नै थाहा हुन्छ कि यो एउटा बिन्दु हो जसले शरीरमा पानीको संचारण र सन्तुलनलाई ठिक राख्छ।
यो कुहिनाको ठिक पछाडि कुरपरा मर्म भन्दा चार अम्मल तल हुन्छ। कुरपरा मर्ममा चारवटा औंलाहरू राख्दा जुन भागमा कान्छी औंला पर्छ, इन्द्रवस्ती बिन्दु त्यहाँ हुन्छ|
फाइदा
नियमित रूपले कम्तिमा १८-२० पल्ट आफ्नो औंलाले दबाउनु पर्छ| यसले पेट सम्बन्धि समस्या जस्तै कब्जियत पाचन प्रणाली सम्बन्धि समस्या, मुत्र सम्बन्धि समस्याबाट छुटकारा दिन्छ|