आज यस्तो भए रियल म्याड्रिडले रच्नेछ इतिहास …

एजेन्सी – स्पेनिस ला लिगा च्याम्पियन रियल म्याड्रिड लिगको ९० वर्षभन्दा पुरानो इतिहासमा नयाँ कीर्तिमान रच्ने संघारमा छ । लिग जित्ने क्रममा जिदानको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै आएको रियलले लेगानेसविरुद्ध खेलसँगै कीर्तिमान कायम गर्ने अवसर पाएको छ ।

रियलले जारी सिजन लिगमा जम्मा २३ गोल खाएको छ । रियलले लेगानेसविरुद्ध खेलमा क्लिन सिट राखेको खण्डमा लिग इतिहासकै औसतमा सबैभन्दा कम गोल खाने कीर्तिमान टोलीले कायम गर्नेछ । रियलले आजको खेलमा पहिलो रोजाईका गोलरक्षक थिबाउट कोर्टुवालाई विश्राम दिँदै अल्फोन्स अरिओलालाई मौका दिन सक्छ ।

अरिओला र कोर्टुवा मिलेर जारी सिजन १८ पटक क्लिनसिट राखिसकेका छन् । सिजनको सुरुवातमा आलोचनाका पात्र बनेका कोर्टुवाले जिदानको विश्वासमा खरो उत्रंदै त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । डिफेन्स बलियो हुनाले पनि रियलका गोलरक्षकलाई अन्य टोलीको तुलनामा केहि सहज पक्कै छ ।

ला लिगा इतिहासमा प्रति खेल औसत गोल हेर्ने हो भने १९६४-६५ सिजनमा ३० खेल हुँदा रियलले १८ गोल खाएको थियो । त्यसबेला औसत ०.६ गोल प्रति खेल खाएको थियो । ३८ खेल हुन थालेपछि भने लिगको कीर्तिमान २६ गोल रहेको छ । यसपटक रियलले उक्त कीर्तिमान तोड्ने पक्काजस्तै देखिन्छ ।

प्रकाशित : आइतबार, साउन ०४, २०७७१४:३६

लिगको अन्तिम खेलमा चम्किए मेस्सी: बनाए दुई दुर्लभ रेकर्ड, एक रेकर्डमा बराबरी !