कुनै समयमा चुरोट भनेपछि मरिहत्ते गर्ने महेश बाबू बारे यस्ता छन् धेरैलाई थाहा नहुने रहस्यहरु…

एजेन्सी – बजेटको हिसाबले बलिउड ठूलो भएता पनि कन्टेन्टको हिसाबले दक्षिण भारतीय चलचित्रहरुले राम्रो प्रदर्शन गर्न थालेका छन्।

उत्कृष्ट स्क्रिप्ट हुने गरेकै कारण दक्षिण भारतीय चलचित्रको क्रेज भारतमा मात्र नभई अन्य देशहरुमा पनि बढिरहेको छ। दक्षिण भारतीय चलचित्रहरु मनपराउनेहरु विश्वभर बढ्नेक्रममा छन्।

दक्षिण भारतीय चलचित्र क्षेत्रमा जमेका महेश बाबू आफ्नो अभिनयको लागि दुनियाँभरमा परिचित छन्। हिन्दी भाषी क्षेत्रहरु लगायत अरु क्षेत्रहरुमा पनि महेश बाबूको राम्रो दबदबा छ। आफ्नो लुक, एक्सन र अभिनयको कारण महेश बाबूका करौडौं फ्यान फलोइङ छन्।

स्वभावले अन्य नायक भन्दा महेश बाबू अलि फरक छन्। उनी सामाजिक कार्यमा विशेष ध्यान दिने गर्छन्। यिनै समाजसेवी नायकको छबि बनाउन सफल महेश बाबू बारे केहि रोचक तथ्यहरु हामीले यस लेखमा समावेश गरेका छौँ। हेर्नुस्-

कुनै एक समयमा महेश बाबूलाई धुम्रपानको लत नै लागेको थियो। यस बारे उनले एक अन्तर्वार्तामा खुलासा गरेका थिए। आज भने पनि धुम्रपान देखि टाढा छन्। त्यति मात्र नभई पछिल्लो समय उनी चलचित्रमा धुम्रपान सिनलाई पनि वर्जित गर्छन्।

तपाईहरुलाई यो थाहा नहुन सक्छ की उनले आफ्नो फिल्मी करियरको शुरुवात ४ वर्षको उमेरमा नै गरेका थिए। सन् १९९९मा चलचित्रमा मूख्य भूमिका पाउनु अगाडी महेश बाबूले ८ चलचित्रमा बाल-कलाकारको रुपमा काम गरेका थिए।

अचम्म लाग्ने कुरा के छ भने उनलाई आफ्नो मातृभाषा तेलगु पढ्न नै आउँदैन। उनको पालन-पोषण चेन्नईमा भनेको हुँदा उनलाई तेलगु पढ्न र लेख्न आउँदैन। तेलगु भाषाका चलचित्रमा काम गर्दा उनलाई डाइलग उनको अगाडी कसैले पढेर सुनाइदिनु पर्ने हुन्छ।

महेश बाबू अभिनयमा मात्र नभई सामाजिक कार्यमा पनि विशेष ध्यान दिन्छन्। तपाईलाई यो सुनेर अचम्म लाग्न सक्छ की महेश बाबूले दुई गाउँको सम्पूर्ण जिम्मेवारी नै लिएका छन्। चलचित्रमा नभई उनले वास्तविक जीवनमा आंध्र प्रदेश र तेलगांनाका एक-एक गाउँको सम्पूर्ण जिम्मेवारी महेश बाबूले लिएका छन्। दक्षिण भारतकै धेरै पारिश्रमिक लिने महेश बाबू आफ्नो कमाईको ३० प्रतिशत सामाजिक काममा लगाउँछन्।

प्रकाशित : सोमबार, साउन ०५, २०७७१३:५९

यी चलचित्र रिजेक्ट गरेर ऋतिकले गरे ठूलो गल्ति !