काठमाडौँ – नेपालका महानायक राजेश हमाललाई पारिवारिक शोक परेको छ। हमालका भाइ राकेश हमालको उपचारको क्रममा निधन भएको हो। उनको भारतको नयाँ दिल्लीमा निधन भएको बताइएको छ।
![]()
कलेजोको रोगबाट ग्रस्त रहेका उनलाई केहि दिन अगाडी मात्र उपचारको लागि भारत पुर्याएको थियो। उनलाई प्लेन चार्टर्ड गरेर दिल्ली स्थित ह्याम्स अस्पताल पुर्याएको र उनको त्यहिँ निधन भएको पारिवारिक श्रोतले जनाएको छ।
![]()
राकेशका श्रीमती र दुई छोरा-छोरी छन्। अभिनेता हमाल र राकेशको परिवार राजधानीको एकै घरमा बस्दै आएका छन्। उपचारका क्रममा निधन भएका उनको शव नेपाल ल्याउने तयारी भैरहेको छ।
![]()

