रहेनन् राजेश हमालका भाइ राकेश हमाल …

काठमाडौँ – नेपालका महानायक राजेश हमाललाई पारिवारिक शोक परेको छ। हमालका भाइ राकेश हमालको उपचारको क्रममा निधन भएको हो। उनको भारतको नयाँ दिल्लीमा निधन भएको बताइएको छ।

कलेजोको रोगबाट ग्रस्त रहेका उनलाई केहि दिन अगाडी मात्र उपचारको लागि भारत पुर्याएको थियो। उनलाई प्लेन चार्टर्ड गरेर दिल्ली स्थित ह्याम्स अस्पताल पुर्याएको र उनको त्यहिँ निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

राकेशका श्रीमती र दुई छोरा-छोरी छन्। अभिनेता हमाल र राकेशको परिवार राजधानीको एकै घरमा बस्दै आएका छन्। उपचारका क्रममा निधन भएका उनको शव नेपाल ल्याउने तयारी भैरहेको छ।

प्रकाशित : बुधबार, साउन ०७, २०७७११:४७

अपहरणमा परेका व्यक्ति गेष्टहाउसमा युवतीसँग भेटिएपछि …