मानव शरीर स्वास्थ्य राख्नको लागि खान-पान देखि लिएर विभिन्न कुराहरुको ध्यान दिनु पर्ने हुन्छ। शरीर स्वास्थ्य साथै ताजा राख्नको लागि योग , जिम , एक्सरसाइज गर्ने गरिन्छ। शरीर मात्र नभई मानसिक रुपमा भएको थकाल हटाउने मानिसहरुले विभिन्न उपायहरु अपनाउने गर्छन्।
एक्यूप्रेशर प्रयोग गरेर विभिन्न मानसिक तनाव टाढा गराउन सकिन्छ। आज हामी तपाईलाई केहि एक्यूप्रेसचर र मुद्राको प्रयोग गरेर एकाग्रता बढाउने र शरीरलाई आनन्दित बनाउने तरिकाको बारेमा बताउने छौँ।
तेस्रो आँखा बिन्दु
एक्यूप्रेसचर र मुद्राको अनुसार दुई आँखाको बीचमा एक शक्तिशालि बिन्दु रहेको हुन्छ। यस बिन्दुमा दैनिक २ देखि ३ मिनेट सम्म पटक-पटक मालिस गर्दा स्मरण शक्ति बढेर जाने गर्छ।
मन्दिर बिन्दु
एक्यूप्रेसचर र मुद्राको अनुसार शरीरको सबै भन्दा महत्वपूर्ण बिन्दु निधारको दुई तर्फनै पाउन सकिन्छ। यस स्थानमा मालिश गर्नाके एकाग्रता बढेर जाने गर्छन्। दैनिक सुत्नु भन्दा अगाडी र बिहान यस्तो गर्नु भएमा धेरै फाइदा हुने गर्छ।
N and L बिन्दु
यस बिन्दु हरेकको नाक र ओठको बिचमा हुने गर्छ। एक्यूप्रेशरका अनुसार दैनिक रुपमा यस स्थानमा मालिश गर्नु भएमा शरीरमा भएको अल्छिपना हटेर जान्छ।
बुढी औंलाको तलको भाग
बुढी औंलाको सबै भन्दा तल एक बिन्दु रहेको हुन्छ। त्यस बिन्दुलाई दैनिक १८० पटकसम्म मालिश गर्नाले शरीरमा भएको थकान कम हुने गर्छ। यसो गर्नाले पेट सम्बन्धि समस्या पनि दुर हुने एक्यूप्रेसचरको मान्यता रहेको छ।
मुद्रा
पहिलो तस्विरमा रहेको ज्ञान मुद्रा हो भने दोश्रो वायु मुद्रा रहेको छ। तस्विरमा जस्तै उपाय अपनाएको दैनिक ५ मिनेट ध्यानमा बस्नाले शरीरमा उर्जा बढेर जाने गर्छ।