“जेलमा बस्नु पर्ने चोरहरू विशिष्ट कुर्सीमा छन्, न्यायाधीशमाथि महाअभियोग लगाएर के गर्नु ?”

काठमाडौँ – श्रीमतीको ज्यान लिएको घटनामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने सर्वोच्चको निर्णय विवादमा परेको छ।

दोषी ठहर भइसकेका व्यक्तिको कैद सजाय कम गरिनुले सर्वोच्च माथि नै प्रश्न उठेको छ। यति बेला सर्वसाधारण देखि राजनीतिक नेताहरु समेत यस विभिन्न विभिन्न टिका-टिप्पणी गरिरहेका छन्।

यति बेला फैसला गर्ने न्यायाधीशमाथि महाभियोग लगाइनुपर्ने माग पनि उठिरहेको छ। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन संसद अधिवेशन तत्काल बोलाउन माग गरेका छन्।

यस विषयमा साझा पार्टीका संयोजक रबिन्द्र मिश्र भने फरक मत राख्छन्। उनी यस्ता फैसला गर्ने न्यायाधीशमाथि भन्दै पनि यस्ता न्यायाधीश नियुक्त गर्ने माथि जनताले ‘महाअभियोग’ लगाउनुपर्ने बताउँछन्।

“महाअभियोग लगाउन योग्यहरूलाई जानीजानी नियुक्त गर्नेहरूमाथि जनताले ‘महाअभियोग’ नलगाएसम्म, हामी जति नै चिच्याउँ, पात्र बदलिन्छन्, प्रवृत्ति बदलिँदैन।”,मिश्र ट्वीटरमा लेख्छन्। साथै उनले नदीको मूल सफा नभएसम्म शाखाहरू सफा नहुने पनि बताएका छन्।

“जेलमा बस्नु पर्ने चोरहरूलाई स्वार्थसिद्धीका लागि विशिष्ट कुर्सीहरूमा आसिन गराएपछि के हुन्छ? नदीको मूल सफा नभएसम्म शाखाहरू सफा हुँदैन।”,मिश्रले लेखेका छन्।

मिश्रको ट्वीट यस्तो छ –

महाअभियोग लगाउन योग्यहरूलाई जानीजानी नियुक्त गर्नेहरूमाथि जनताले ‘महाअभियोग’ नलगाएसम्म, हामी जति नै चिच्याउँ, पात्र बदलिन्छन्, प्रवृत्ति बदलिँदैन। जेलमा बस्नु पर्ने चोरहरूलाई स्वार्थसिद्धीका लागि विशिष्ट कुर्सीहरूमा आसिन गराएपछि के हुन्छ? नदीको मूल सफा नभएसम्म शाखाहरू सफा हुँदैन।

बाबुरामले भने – “न्यायाधीशमाथि महाभियोग लगाऊँ”

प्रकाशित : शुक्रबार, साउन ०९, २०७७०७:०७

विज्ञहरुले भने – ‘लकडाउन खुल्यो भन्दैमा लख्खर-लख्खर नडुल्नु’